अछाम । अछामको तुर्माखाद गाउपालिका वाड न २ भुलु मा साउन ८ गते सोमबारको राति परेको अविरल बर्षाका कारण पहिरो जादा तिन जनाको मृत्य भएको छ । निरन्तर वर्षा संगै पहिरो जादा अमर बहादुर विष्टको घर भत्किएको हो । स्थानीय अमर बहादुर विष्टको घर भत्किदा घरमा सुतिरहेको अबस्थामा विरेन्द्र विष्ट, सविधान विष्ट र हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
तेस्तै पहिरोमा परि नैना विष्ट गम्भीर घाईते बानेकि छिन । साथै पहिरोमा पुरिएर घरमा रहेका गाई बस्तु बाख्रा र अन्य धन माल पुर्ण रुपमा नष्ट भएको छ ।स्थानीयका अनुसार अहिले प्रहरी घटना स्थलमा पुगेर उद्दार कार्या जारि रहेको बताए । निरन्तर बर्षाका कारण पहिरोले सबै जनधन नस्ट भए पछि अहिले अमर बहादुर विष्टको परिबार अलपत्र परेको छ । स्थानीयले सम्बन्धि निकाय तथा राहतकार्यका लागि तदारुकता साथ अगाडी आइदिन अनुरोध पनि गरेका छन्
।