समाचार

अछामको मेल्लेख गाउँपालिकाले हरेक वडामा निशुल्क स्वास्थ्य  शिविर सञ्चालन गर्ने

फागुन २, अछाम

अछामको मेल्लेख गाउँपालिकाले हरेक वडामा निशुल्क स्वास्थ्य  शिविर सञ्चालन गर्ने भएको छ। बुधबार बसेकाे अस्पताल व्यवस्थापन समितिकाे बैठकले यसै महिनादेखि शिविर चलाउन सुरू गर्ने निर्णय गरेकाे हाे। गाउँपालिकाले सञ्चालन गरेको आधारभुत अस्पतालबाट स्वास्थ्यकर्मीकाे टाेलीले शिविरमा सेवा दिनेछन्।
हरेक वडालाई भ्याउने गरि प्रत्येक महिना २ पटक शिविर चलाउने मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले जानकारी दिए। याे महिना वडा नम्बर १,२ र ३ बाट शिविर सुरू गरिने उनले बताए।
अस्पतालमा गर्भवती महिलाको अल्ट्रासाउन्ड, एचआईभी परिक्षण र रगतसम्बन्धि हेमाेग्लाेबिन प्रतिशत,  रक्त समुह छुट्याउने, एचबीएससीएजी जाँच निशुल्क गर्ने निर्णय पनि गरेको छ। यस्तै युएसजी सेवा शुल्कमा ५० रूपैयाँ कम गरेकाे छ। अन्य केही सेवाकाे शुल्क भने केही रूपैयाँले बढेकाे छ।
अस्पतालले सबै आर्थिक काराेबार विद्धुतिय प्रणालीबाट गर्ने निर्णय गरेकाे छ।
बैठकले विविध विषयमा छलफल गरि ६ वटा निर्णय गरेकाे थियो। अस्पतालमा आउने सेवाग्राहीलाई सन्तुष्ट पार्नेगरि सेवा प्रवाह गर्ने विषयमा पनि छलफल भएको थियाे। बैठकमा मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा लगायत अस्पताल व्यवस्थापन समितिका पदाधिकारी काे सहभागिता रहेकाे थियो ।
बैठकको संचालन मेल्लेख आधारभुत अस्पतालका अयब सागर भण्डारीले गरेका थिए।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।