समाचार

अछाममा चट्याङ लागेर १ जना घाईते ,९ वटा बाख्रा मरे

अछाममा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन् भने बाख्रा गोठाली घाइते भएकी छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका हुन् ।

शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ ।

स्थानीय मनीराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन् ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।