समाचार

अछाममा जिल्ला बाल भेला गरियो

बालबालिकाका सवाल केन्द्रित छलफल सहित जिल्ला बाल सञ्जाल गठन

अछाममा जिल्ला स्तरिय बाल भेला सुरु भएको छ । बालवालिकाहरुका सवाल केन्द्रित छलफल तथा जिल्ला स्तरिय बाल सञ्जाल गठन गर्नका लागि बाल भेला आयोजना गरिएको हो ।

सामाजिक विकास कार्यालय अछामको आयोजना र आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित भेला २ दिनसम्म चल्ने छ । जिल्लाका बालवालिकाको सवालहरुमा छलफल गर्ने, बाल अधिकार बालवालिका संग सम्वन्धित नीतिगत व्यवस्थाहरुको ववष्लेषण गर्ने, बालबालिका सम्वन्धि कार्यविधि निर्माण गर्ने र जिल्ला बाल सञ्जाल गठन गर्ने उद्येश्यले भेलाको आयोजना गरिएको हो ।

शनिबार जिल्ला समन्वय समितिका प्रमुख ललित कुवरले बाल भेलाको एक समारोहका विच उदघाटन गर्नुभयो । कार्यक्रमको उदघाटन गर्दै कुवरले बालबालिकाहरु श्रर्जनशिल, लगनशिल र ईमान्दार भई देश र समाजलाई उन्नत बनाउनितर अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो । आफ्नो भविष्य उज्वल बनाउँनका लागि आफै सचेत बन्नुपर्ने उहाँको भनाई थियो ।

कुवरकै अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा अतिथि रहनुभएको थियो । नगरप्रमुख बोहराले कार्यक्रम निकै राम्रो भएको भन्दै बाल भेलाको औचित्य महसुस गर्न सक्नुपर्ने बताउँनुभयो । बालवालिकाहरुले नैतिकवान नागरिक बन्नका लागि अग्रसर हुनुपर्ने बताउँदै उहाँले नैतिकवान बन्न सकेमात्रै जीवन जगत र भविष्यबारे थाहा पाउँन सकिने बताउँनुभयो । बाल भेलाको अवसरमा सबै बालबालिकाहरुलाई असल मान्छे बन्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी मिनराज आचार्य, जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना, अछाम क्याम्पस प्रमुख छत्र बिष्ट, नागरिक समाज अछामका अध्यक्ष शंकर रावल, मंगलसेन नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख मञ्जु महत, आस्था नेपालका सचिव कृष्ण देवकोटा, वर्ल्ड भिजनका अछाम प्रतिनिधि मेनका मल्ल, आस्था नेपालका प्रमुख रुपक चन्द लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका प्रेम महरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन कृष्ण उपाध्यायले गर्नुभएको थियो । आईतबार सम्म चल्ने बाल भेलामा अछाम जिल्लाका १० वटै स्थानीय तहबाट बालबालिकाहरु सहभागी छन । भेलाबाट जिल्ला स्तरिय बाल सञ्जाल गठन गरिने जनाईएको छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।