समाचार

अछाममा नव विवाहित दम्पतीले विद्यालयलाई रकम सहयोग गरे

संवाददाता
मेल्लेख, बैशाख ८
अछाममा नव विवाहित दम्पतीले विद्यालयलाई रकम सहयोग गरेका छन्।
मेल्लेख गाउँपालिका–४ कुस्कोटका मनोज कुुमार भुल र राधिका भुलले आफ्नो वैवाहिक कार्यक्रमको अवसरमा विद्यालयलाई सहयोग गरेका हुन्।
उनीहरूले कुस्कोटकै वासुकि माध्यमिक विद्यालयलाई सहयोग रकम दिएका हुन्।
शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर उनीहरूले विद्यालयका प्रधानाध्यपक कालुसिंह साउदलाई २१ हजार १ सय २१ रुपैयाँ सहयोग गरेका हुन्।
सो विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन कार्यमा सहयोग पुगोस् भन्ने उदेश्यले उनीहरूले सामाजिक उत्तरदायीत्व वहन गर्दै सो रकम सहयोग गरेका हुन्।
उनले वैवाहिक उत्सवका अवसरमा अनुकरणीय र उदाहरणीय काम गरेको भन्दै प्रधानाध्यापक साउद नव विवाहित जोडीलाई धन्यवाद ज्ञापन गरे।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।