समाचार

अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्नु पर्छ : मन्त्री भुसाल

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । 

आईतवार काठमाडौंमा मनिषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनु भएको हो । उहाँले १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको भन्दै महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनु भयो । 

उहाँले संविधान र कानूनमा ३३ प्रतिशत महिला अधिकार भनिएपनि अझै १७ प्रतिशत महिला अधिकारबाट बञ्चित रहेको बताउनु भयो । उहाँले अधिकार खोज्नु महिलाहरुको राजनीति,कानूनी अधिकार भएको दाबी गर्नुभयो । 

मन्त्री भुसालले संविधान र कानूनले सम्पतीको हकमा महिला पुरुष दुवैलाई सम्मान अधिकार दिएपनि व्यवहारमा लागू नभएको जिकिर गर्नुभयो । उहाँले मुलुकमा १० वर्षे जनयुद्ध लडेर गणतन्त्र ल्याएर देशमा राजा हटाएको भन्दै जन्मदै मालिक हुने छोरा, घरको मालिक हुने पुरुष र घरघरमा राजा र युवा राजा भन्ने अवस्था नभएको बताउनु भयो । 

मन्त्री भुसालले पछिल्लो समय राज्य सञ्चालन युवाले गर्नुपर्ने कुरा आएको भन्दै राष्ट्रको नेतृत्व विचारले गर्नुपर्ने बताउनु भयो । उहाँले नयाँ विचार भए युवा पुरुष महिला वा वृद्धा जसले गर्दा पनि फरक नपर्ने बताउनु भयो । 

मन्त्री भुसालले अहिल महिलाको समस्या महिलाको नभएर समाज र राष्ट्रको भएको दाबी गर्नुभयो । उहाँले अब महिलाले न्याय, समानता र स्वतन्त्रताको कुरा उठाउन नपर्ने गरी व्यवहारिक बनाउनु पर्ने भन्दै व्यहारमा लागू नभएको स्थानमा नयाँ रचनात्मक आन्दोलन युवाले गर्नुपर्ने आवश्यकता पर्ने जिकिर गर्नुभयो । 

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।