समाचार स्थानीय स्वास्थ्य

अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री सहयोग

अछामको मेल्लेख गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरु लाई सहायक सामग्री सहयोग गरिएको छ ।
अपांगता भएका व्यक्तिहरुकाे समस्य लाई मध्यनजर गर्दै मेल्लेखका प्रत्येक वडा बाट अपाङ्गता भएका व्यक्तिहरकाे प्रकृति हेरेर तथ्यांक आधारमा पालिका भरिका ४५ जनालाई बैशाखि,२४ जनालाई हुलचियर ,१ जनालाई वाकर सहायता काे रुपमा सहयोग गरेकाे महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले जानकारी दिनुभएको छ ।
साे सामाग्री मेल्लेख मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले सम्बन्धित वडा बाट हस्तान्तरण हुने गरि वडा अध्यक्ष् मार्फत सम्बन्धित व्यक्तिकाे घरमा पुग्ने गरि हस्तान्तरण गर्न भएको थियोे ।
उक्त सामाग्री मेल्लेख गाउँपालिका महिला तथा बालबालिका शाखाको सहयोगमा हस्तान्तरण गरिएको जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।