समाचार

आदर्श आधारभुत बिद्यालय कुस्काेटमा तीन काेठे पक्की भवनको शिलान्यास

मेल्लेख गाउँपालिका वडा न.४ कुस्काेट कुयडा स्थित आदर्श आधारभुत बिद्यालयमा  तिन काेठ पक्की भवनको साेमबार शिलान्यास गरिएको छ ।
शिलान्यास मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएको हाे ।
शिलान्यास कार्यक्रम बाेल्नु हुँदै अध्यक्ष साउदले  पछिल्लो अवस्थामा शिक्षाका भाैतिक संरचनामा धेरै परिवर्तन भएको भन्दै,शिक्षामा थप विकासको लागि मेल्लेख गाउँपालिका बाट कुनै पनि हुन नदिने बताएका छन
शैक्षिक विकास गुणस्तरीय शिक्षा प्रदानकाे लागि आवश्यक स्रोत साधान सहित  शिक्षाको रुप परिवर्तन गर्न आफू प्रतिबद्ध रहेकाे बताए, शैक्षिक सुधारको काे लागि सबैकाे महत्त्वपूर्ण भुमिका हुने भएकोेले सबैले एकता भएर सहयोग गर्नुपर्ने वताए ।
वडा न.४ का वडा अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष  चन्द्र बहादुर साउदकाे अध्यक्षतामा  शिलान्यास गरिएको थियाे।  वडा अध्यक्ष साउदले अबको शिक्षा प्रबिधि मैत्री हुनुपर्ने भन्दै तेसकाे लागि अवश्य पहल गरिने बताए। यस्तै यसकाे लागि शिक्षकले पनि जिम्मेवारी पुर्ण हिसाबले  कार्ययोजना बनाई अघि बढे उदेश्य अनुरुपकाे शिक्षा प्रदान गर्न सकिने बताए । यस्काे लागि प्रधानध्यापक शिक्षक अभिभावक  जिम्मेवार हुनुपर्ने बताए  छन।  शिलान्यास कार्यक्रम बिद्यालयका पुर्व प्रधानध्यापक सुरेन्द्र साउद नमुना आधारभुत बिद्यालका प्रधानध्यापक रनि साउद ,मष्टामाण्डाै आधारभुत बिद्यालयका शिक्षक राम बहादुर साउद लगायतले शुभकामना मनतव्य राखेका थिए । बिद्यालयका शिक्षक गाेकुल साउदकाे स्वागत स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन प्रधानध्यापक बल बहादुर साउदले गरेका थिए ।

यसै क्रममा बिन्धेबासिनि सालडाँडा कुस्काेट सेलगाँउ हुदै हतिकाेट सडक खण्डको स्तर उन्नतिका लागि  निर्माणकार्यकाे स्थलगत अनुगमन ।
कुस्काेट स्वास्थ्य चाैकि निर्माणकाे लागि भैरहेकाे फिल्ड कटिङ र मेल्लेख आधारभुत अस्पतालमा निर्माण हुन लागेकाे १५ सैंया हस्पिटलकाे फिल्ड कटिङ लगायतको निर्माणकार्य काे अबस्था बारे  गा.पा. अध्यक्ष ज्वाला सिं साउद वडा न. ४ का वडा अध्यक्ष चन्द्र बहादुर साउद लगायतको टाेलिले स्थलगत निरेक्षण गर्नुभएको छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।