ऋषिदह: गर्मी सुरु भए लगातै शिशिर हावाको आनन्द लिन आन्तरिक पर्यटकहरु सुदूरपश्चिम प्रदेशको सवैभन्दा बढी उचाईमा रहेको अछाम जिल्ला मेल्लेख गाउँपालिकाको ऋषिदह झोलुङ्गे पुलमा आनन्द लिनेहरुकोे लाइन लागी रहेको हुन्छ।
मेल्लेख गाउँपालिका वडा न.१ ऋषिदहको लिफ्रुदेखि वडा नं.२ डाँडाश्री जोडीएको झोलुङ्गे पुलमा यती बेला आन्तरिक पर्यटक पुललाइ अवलोकन गर्न आउँनुका साथै गर्मी छल्न आउने गरेको वडा नम्वर २ का अध्यक्ष कुशलराज बुढाले बताए ।
वडा अध्यक्ष बुढाले भने शहरी विकास मन्त्रालायको डेढ करोडको लागतमा बनेको पुलको लम्वाई २७८ मिटर र उचाई करिब १६० मिटर भन्दा बढी रहेको बताए । ऋषिदहको लिफ्रु खोलामा निर्माण भएको पुल सुदूरपश्चिमा सबै भन्दा अग्लो रहेको सहरी विकास मन्त्रालयको एक तथ्ङ्कले देखाएको वडा अध्यक्ष बुढाले बताए ।
ऋषिदह अछाम जिल्लाको विकट क्षेत्र भएपनि पर्यटकिय गन्तब्य स्थलको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको स्थानीय बाशीहरुको भनाइ रहेको छ्। यस पुल वरपर धार्मीक तथा पर्यटकीय अन्य स्थलहरु रहेका छन्। यस ठाँउमा रहेका पर्यटकीय गन्तब्य स्थलको खोजी गरी राज्यले ब्यवस्थि गर्ने हो भने समृद ऋषिदह हुने वडा अध्यक्ष कुशलराज बुढाले बताए ।
स्रोत: गगन वाणी मिडिया हाउस