काठमाडौं : इन्टरनेट एक्सप्लोरर अझै पनि धेरैले प्रयोग गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर, यथार्थ त्यही हो । अबको केही महिनामा कम्पनीले इन्टरनेट एक्सप्लोरर पूर्ण रुपमा बन्द गर्ने तयारी गरिरहेको छ । तर, अझै पनि यसका हजारौं प्रयोगकर्ता रहेका छन् ।
यस्तोमा कम्पनीले प्रयोगकर्तालाई चेतावनी दिँदै इन्टरनेट एक्सप्लोररको विकल्प प्रयोगमा ल्याउन आग्रह गरेको छ । कम्पनीका अनुसार अझै पनि कतिपय व्यवसाय इन्टरनेट एक्सप्लोररमै आधारित रहेका छन् । एक्सप्लोरर बन्द हुँदा त्यस्ता व्यवसायमा असर पर्ने भन्दै कम्पनीले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको हो ।
कम्पनीका अनुसार आउँदो फेब्रुअरी १४ बाट इन्टरनेट एक्सप्लोरर पूर्णरुपमा बन्द हुनेछ । त्यसअघि नै प्रयोगकर्तालाई नयाँ ब्राउजरमा अपग्रेड हुनका लागि कम्पनीले आग्रह गरेको हो । साथै कम्पनीले सपोर्ट गर्ने डिभाइसको हकमा फेब्रुअरी अघि नै माइक्रोसफ्ट एजको अपडेट समेत उपलब्ध गराउने जनाइएको छ ।
स्रोत: टेकपाना