
कार्यक्रममा सम्पुर्ण गैर सरकारी संस्थाहरुकाे तर्फबाट बाेल्दै वाक नेपालका भुपेन्द्र भण्डारीले “हामी संस्थाहरूलाई वडा कार्यालय कै छाना मुनि राखेर अभिभावकत्व दिनु भएकाे छ, गै.स.स. सहयाेग इकाई कार्यालय मात्रै नभई हामी संस्थाहरुका लागि वडा कार्यालयले दिएकाे माया हाे, सम्मान हाे र बासस्थान हाे” भन्ने कुरा राख्नु भएकाे थियाे ।त्यस्तै वडा अध्यक्ष कुशलराज बुढाले गै.स.स. प्रतिनिधिलाई लाई स्वागत गर्दै अब संस्था बाट दिईने सेवा सुविधा समुदायमा कसैलाई काखा पाखा नगरी पाउनै पर्नेले पाउने र संस्था तथा वडाले आर्थिक तथा सामाजिक हिसाबमा पनि हातेमालाे गरेर अघि बढ्नु पर्ने तथा याे गै.स.स. सहयाेग इकाईले वडा कार्यालय, गै.स.स. र वडाबासीहरुलाई जाेड्ने पुलकाे काम गर्ने भएकाेले आफ्नाे तर्फ बाट हुने सहयाेगमा कुनै पनि कञ्जुस्याईँ नहुने भन्दै याे सहकार्यका लागि सबै संस्थाहरूलाई धन्यवाद समेत दिनु भएकाे छ ।
नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिहरु लगायतकाे सहभागीता रहेको कार्यक्रमकाे संचालन वडा सहायक धन बहादुर बुढाले गर्नु भएकाे थियाे।