मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले मेल्लेख गाउँपालिका वडा न.२ ऋषिदह क्षेत्रलाई विकासको हकमा पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन। उहाले शिक्षा स्वास्थ्य कृषि पर्यटन ,उद्योग अन्य विकास निर्माणलाई आवश्यकताकाे आधारमा कार्ययोजना तयार गरिने बताएका छन । सुक्रवार नन्दामाता माध्यमिक बिद्यालयकाे १३औं अभिभावक भेला तथा घेरा पर्खाल शिलान्यास गर्न पुगेका अध्यक्ष साउदले शिक्षाका समस्य समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन । स्थानीय सरकार बाट प्राप्त हुने सेवा सुबिधा बाट ऋषिदह पछि पर्न नदिने बताएका छन ।उहाले भने शैक्षिक क्षेत्र हाेस या अन्य विकास निर्माण गर्न सबैले एकताबद्व भएर सात दिनुपर्ने बताएका छन ।
यसैगरी मेल्लेख गाउँपालिका वडा न. २ का वडा अध्यक्ष कुसलराज बुढाले वडा न.२ का समस्या समाधानकाे लागि वडा बाट हुने सहयोगमा कुनै कमि नरहे बताएका छन , बालबालिकालाई चाहना अनुसारको शिक्षा दिन शिक्षक ,अभिभावक जिम्मेवार हुनुपर्ने कुरामा जाेड दिनुभएको छ ।गुणस्तरीय शिक्षा शैक्षिक उन्नतिकालागि सबैकाे सात सहयोग रहनुपर्ने बताए ।
वडा न.१ का वडा अध्यक्ष दिल बहादुर धामीले बालबालिकाकाे पठनपाठनमा अभिभावकले विशेष गरि निगरानीमा राख्नुपर्ने बताए ।नियमित बिद्यालयमा गएर विद्यार्थीकाे सिकाइ उपलब्धि र सुधार गर्नुपर्ने कुरामा निगरानी राख्नुपर्ने बताएका छन ।
यस्तै मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले, शिक्षामा लगानी अनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन।उहाले मेल्लेख गाउँपालिकाबाट हुने सहयोगमा बिद्यालयकाे आवश्यकता अनुसार समस्या समाधान गरिने पनि बताए।
बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष अर्जुन धामिकाे अध्यक्ष्यतामा भएको अभिभावक भेलामा ।
प्रधानध्यापक गम बहादुर धामिले शैक्षिक भाैतिक प्रगति र समस्य सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
यसैगरी बिद्यालयका लेखापाल दल बहादुर बुढाले आर्थिक बर्ष २०७९/०८० काे १ कराेड ६७ लाख २० हजार बराबरको आर्थिक आय व्याय प्रस्तुत गरेका थिए । बिद्यालयका शिक्षक राम बहादुर धामीकाे स्वागत मनतव्य बाट सुरु भएको अभिभावक भेलाकाे संचालन शिक्षक भिम बहादुर सार्किले गरेका थिए। भेलामा बिद्यालयमा याेगदान पुर्याउने अभिभावकलाई सम्मान गरेको छ । साेहि अवसरमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन धामीले आफ्नाे जन्मोत्सवमा घाेषणा गरेकाे १०जना लाई शैक्षिक सामग्री बिद्यालयमा अध्यनरत असाय टुहुरा ,जेहेन्दार विद्यार्थीलाई हस्तान्तरण गरेकाे छ ।यस्तै बिद्यालयका शिक्षक हुकुम रावलले आफ्नो छाेराकाे जन्म दिनकाे अवसरमा १ जना गरिब बालिका लाई शैक्षिक सामाग्री स्कुल डे्स सहयोग गरेकाे छ ।
