समाचार

एक विधालयमा केन्द्र थप भएपछि  मेल्लेखमा कक्षा १२ काे परिक्षा दिन विधार्थीलाई सहज

संवाददाता
अछाम
एक विधालयमा परिक्षा केन्द्र थप भएपछि  मेल्लेख गाउँपालिकामा कक्षा १२ काे परिक्षा दिन विधार्थीलाई सहज भएको छ।
गाउँपालिकाकाे वडा नम्बर तिन मा रहेकाे  पिपल चाैर माध्यमिक  विधालयमा परिक्षा केन्द्र थप भएपछि कक्षा १२ मा अध्ययन गर्ने विधार्थीहरूलाई परिक्षा दिन सहज भएको हाे ।
गाउँमै ताेकिएकाे केन्द्रमा परिक्षा दिन पाएपछि विधार्थीहरू पनि खुसी भएका छन्।
शुक्रबारदेखि सुरु भएको  कक्षा १२ काे परिक्षामा मेल्लेख वडा नम्बर ५ बिन्धेवासनिमा रहेकाे  जनता नमुना प्राबिधिक माध्यमिक  बिद्यालय र वडा न. १ गाेपालेगाउँमा   रहेकाे चण्डीका माध्यमिक बिद्यालय थप भएको परिक्षा केन्द्र पिपल चाैर माध्यमिक बिद्यालयमा परिक्षा दिइरहेका छन । यस्तै नन्देश्वरि प्राबिधिक माध्यमिक बिद्यालय ,दुर्गादेवी प्राबिधिक बिद्यालय ,पिपल चाैर माध्यमिक बिद्यालय र कालिका माध्यमिक बिद्यालयका बिद्यार्थीहरु जनता प्राबिधिक माध्यमिक बिद्यालयमा परिक्षा दिईरहेका छन ।
यसअघि विधार्थीले परिक्षा केन्द्र टाढा ताेकिदा अन्यत्र जानुपर्ने बाध्यता थियाे।
अहिले भने गाउँपालिकाले गाउँकै विधालयमा थप केन्द्र का लागि पहल गरि परिक्षा दिने वातावरण मिलाएपछि  विधार्थीलाई परिक्षा दिन सहज भएको हाे।
मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले विद्यार्थीकाे सहजताका लागि गाउँकै विधालयमा परिक्षा केन्द्र थप ताेकेकाे बताए।
टाढा गएर काेठा भाडामा बसेर परिक्षा दिन विधार्थीलाई असजिलो हुने भएकोले यस वर्षदेखि गाउँमै  परिक्षा दिने वातावरण सिर्जना गरेकाे उनको भनाइ छ।
यसअघि यी विधालयमा परिक्षा केन्द्र नहुँदा  विधार्थीले अछामको साँफेबगर नगरपालिकाे बयालपाटा सम्म जानुपर्ने बाध्यता थियाे।
त्यहाँबाट परिक्षा दिँदा विधार्थीलाई यातायात, काेठाभाडा लगायतमा धेरै खर्च हुन्थ्यो। यस पटक भने त्याे खर्च बचेपछि  विद्यार्थी खुसी र ढुक्कका साथ परिक्षा दिइरहेका छन्।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।