समाचार

एसईईको नतिजा आज ३ बजे सार्वजनिक हुदै

काठमाडौ  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजे  सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसैको तयारी स्वरुप आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । बैठक सकिए लगत्तै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

यता, राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा को नतिजा विभिन्न तरिकाले हेर्न सकिने ब्यबस्था गरेको छ । बोर्डले नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेभसाइट, एसएमएस र आइभीआरबाट प्रकाशित गर्न स्वीकृत दिईएको छ । बोर्डले एसएमस र आइभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्था मार्फत नतिजा हेर्न सक्ने जनाएको छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।