समाचार

एसईईको नतिजा सार्वजनिक

११ साउन राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।कोभिड-१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।