समाचार

कैलाशखाेला बाढीले गरेकाे बालीनाली र सडककाे क्षतिबारे एकिन तथ्यांक संकलन गरिने

टेकराज भण्डारी, भदौ १०, अछाम

अछामकाे रामाराेशन क्षेत्रमा भएको सडक तथा बालीनालीकाे क्षतिको एकिन विववरण संकलन गरिने भएको छ । गत भदौ २ गते राति कैलाशखाेलामा अाएकाे बाढीले करिब २२ घर १७ जना बेपत्ता भएकोमा बाढीले रामाराेशन क्षेत्रकाे सडक र सयाैँ राेपनी खेतिबाली समेत बगाएको छ ।

जिल्ला प्रशाशन कार्यालय अछाममा बसेकाे जिल्लाका कार्यालय प्रमुखको बैठकमा रामाराेशन बाढीकाे समिक्षा गरिनुका साथै सडक र खेतीबालीकाे एकिन विवरण यथासिघ्र संकलन गर्ने निर्णय गरिरएकाे तथा साेही अनुसार काम पनि अगाडि बढेकाे प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयाे । रामाराेशन सम्म जाेड्ने सडक तथा गाउँपालिका भित्रका सडकमा क्षति पुगेकाे छ भने कैलाशखाेला क्षेत्रका रामाराेशन, बान्नीगढी जयगड र मंगलसैन क्षेत्रमा पर्ने सयाैँ राेपनी धान खेत बगाएर बगरमा परिणत गरेको छ ।

“रामारोशन गाउँपालिकामा गएको पहिरोबाट भएको क्षतिको अन्य विवरण संकलन भइरहेकोमा बालीनालीको कृषि ज्ञान केन्द्रले र सडककाे क्षतिबारे संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, साँफेबगरले एकिन विवरण संकलन गरी यथाशीघ्र पेश गर्ने निर्णय गरिएको छ” प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

अछाम स्थित संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालय प्रमुखहरूको बैठक बसी जिल्लाको समग्र सेवा प्रवाह, विकास निर्माण, सुशासन, कोरोना जोखिम न्यूनीकरणका लागि भएका प्रयासहरूको समिक्षा गरिएको थियाे । जिल्लामा भैरहेका काम कारबाहीलाई थप प्रभावकारी बनाउन सम्पूर्ण कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारीबाट विभिन्न सुझाव समेत दिईएकाे छ ।

जसअनुसार सबै कार्यालयहरुले नेपालको संशोधित नक्सा कार्यालयमा अनिवार्य रुपमा राख्ने व्यवस्था मिलाउने, सबै कार्यालयले जिल्ला प्रशासन कार्यालयमा आफ्ना गतिविधिको नियमित जानकारी गराउनुपर्ने, ञसेवा प्रवाह र कार्यालयको लेआउट सेवाग्राहीमैत्री बनाउनुपर्ने, इमेल इन्टरनेटको प्रयोग बढाई भीडभाड कम गर्दै सेवा प्रवाहलाई सहजीकरण गर्ने, मातहतका कर्मचारीलाई पोशाक, परिचयपत्र अनिवार्य लगाउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

बैठकले सबै कार्यालयले सूचना अधिकारीको व्यवस्था गरी फोटो सहितको विवरण राख्ने निर्णय समेत गरेकाे छ । कार्यालयबाट दिईने सूचना तथा जानकारीलाई सहज रुपमा एकद्वार प्रणालीबाट प्रवाह गर्न सूचना अधिकारीकाे व्यवस्था गर्नुपर्ने निर्णय गरिएको हाे ।

यस्तै नागरिक बडापत्रको व्यवस्था गरी आवश्यकता अनुसार अद्यावधिक गर्ने,लउजुरी पेटिकाको व्यवस्था गरी नियमित रुपमा खोल्ने व्यवस्था मिलाउने, प्रत्येक कार्यालयले सामाजिक सञ्जालमा उपस्थिति जनाई आवश्यकता अनुसार सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने, र आगामी महिनादेखि जिल्लामा १ जना उत्कृष्ट कर्मचारी छनोट गरी सम्मानित गर्ने र सोको लागि सहायक प्रमुख जिल्ला अधिकारीले आवश्यक कार्यविधि बनाई सबै कार्यालयसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

साेही अवसरमा जिल्ला प्रशासन कार्यालय, अछाममा कर्मचारी संगम, अछामले नयाँ प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यलाई स्वागत गरेको छ । साथै नापी कार्यालयले लिम्पियाधूरा, लिपुलेक, कालापानी सहितको नेपालको नयाँ नक्सा समेत उपहार दिएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले नयाँ नक्सा सबै कार्यालयहरूमा अनिवार्य रूपमा राख्ने गरी पठाएको छ । आगामी दिनमा यो नयाँ नक्सा प्रत्येक कार्यालयमा राखे नराखेको अनुगमन गरिने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्राेतः– रामाराेशन टुडे

सेयर गर्नुहोस् :

Leave a Reply