कोरोनाभाइस विरुद्धको खोप लगाएको प्रमाणपत्र अथवा ‘खोप राहदानी’ भनिएको आधिकारिक कागजपत्रले मानिसहरूलाई विदेश यात्रा गर्दा आफू सुरक्षित रहे नरहेको प्रमाण पेस गर्न सजिलो तुल्याउँछ भनेर तर्क गरिँदैछ।
संसारका विभिन्न देशमा कस्ता प्रावधान?
ग्रीसमा प्रधानमन्त्रीले कोभिड खोप लगाएका मानिसहरूलाई एक प्रमाणपत्र जारी गर्न भनी युरोपेली आयोगलाई आग्रह गरेका छन्। त्यस्तो दस्तावेजले “खोप लगाइसकेका मानिसहरूलाई स्वतन्त्रतापूर्वक खुला रूपमा ओहोरदोहोर गर्न सहज तुल्याउँछ।”
एस्टोनिया र संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले खोप लगाएको भन्ने जनाउने विद्युतीय प्रमाणपत्र, ई-भ्याक्सिनेशन सर्टिफिकेट तयार पार्दै छन्। त्यसलाई “स्मार्ट एलो कार्ड” भनिनेछ।
- के खोपले नयाँ प्रकारको कोरोनाभाइरसविरुद्ध काम गर्छ
- नक्कली खोप बेचेर लाखौँ डलर नाफा कमाउने चिनियाँ पक्राउ
डेनमार्कले डिजिटल खोप पासपोर्ट बनाउँदैछ र त्यसको प्रयोग गरेर त्यहाँका नागरिकहरूले आफूले खोप लिइसकेको प्रमाणित गर्न सक्छन्।
स्पेनले कोरोनाभाइरस खोप लिन अस्वीकार गरेकाहरूको एक सूची तयार पार्दैछ। त्यस्तो सूची युरोपेलीसँगलाई पनि दिइनेछ।
यसबाट कसैको पनि नाम झुक्किएर खोप प्राप्त गरेकाहरूको सूचीबाट नछुटोस् भनेर यकिन गर्न सकिने त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

पर्यटन उद्योगको प्रतिक्रिया कस्तो?
पचास वर्षभन्दा बढी उमेरमा मानिसहरूलाई घुमफिर गर्न सहयोग पुर्याउने व्यापारिक संस्था (सागा) का अनुसार सन् २०२१ मा तिनीहरूले आयोजना गर्ने छुट्टीको कार्यक्रम र क्रूज जहाज यात्रामा सहभागी हुन चाहनेहरू सबैले कोरोनाभाइरसविरुद्धको खोप लिएकै हुनुपर्छ।
अस्ट्रेलियाको विमानसेवा क्वोन्टसले अन्ततोगत्वा उक्त कम्पनीको विमानबाट यात्रा गर्न चाहनेहरूले कोभिड खोप लगाएको भन्ने प्रमाण प्रस्तुत गर्नुपर्नेछ जनाएको छ।
तर विश्व यात्रा तथा पर्यटन परिषद्का अनुसार अन्तर्राष्ट्रिय यात्रा पुनः सञ्चालन गर्नका लागि अपनाउनुपर्ने रणनीतिमा ककसले खोप लगायो भनेर प्राथमिकता निर्धारण गर्नुभन्दा पनि कोरोनाभाइरस परीक्षण गर्नुपर्ने योजनामा जोड दिइनुपर्छ।https://bbc.com/ws/av-embeds/cps/nepali/news-56083565/p08s5brw/neभिडिओ क्याप्शन सुरु हुँदैछ,
चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने
खोप लगाएको प्रमाण भए प्रतिबन्धात्मक नियमहरू पालना गर्नुपर्छ?
यूकेको हकमा यसको उत्तर सोझो छ: खोप लगाएकाहरूले पनि लकडाउनको नियम पालना गर्नुपर्छ।
स्वास्थ्यमन्त्री म्याट ह्यान्कक भन्छन्ः “सबैले खोप लगाइसकेपछि पनि लकडाउनका बेला लगाइएका नियमहरूको पालना गर्न आवश्यक छ।” कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या घटाउन र आफैँलाई सुरक्षित राख्न त्यसो गर्नु आवश्यक छ।
तर व्यापक रूपमा खोप कार्यक्रम सञ्चालन भइसकेपछि जनसङ्ख्याको सबै वा केही थोरैलाई भए पनि सामान्य अवस्थामा फर्कन दिइन सकिने हुनसक्छ।
अक्सफर्ड विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार अक्सफर्ड/आस्ट्राजेनेका खोपले कोरोनाभाइरस सङ्क्रमणको अवस्थामा “उल्लेखनीय” प्रभाव पार्न सक्छ।
स्रोत: बिबिसी नेपाली