समाचार

चाैध जना विपन्न परिवारलाई बाख्रा वितरण

अछामको मेल्लेख गाउपालिका र साफेबगर वडा न.४ मष्टामणडाै गरि १४ जना विपन्न परिवारलाई बाख्रा वितरण गरिएकाे छ । विपन्न बर्गका किसानकाे आयआर्जन र बृद्धि व्यावसायमा पुनःस्थापन गर्नका लागि बाख्रा सहयोग गरिएको हाे ।
वाक नेपाल वल्र्डभिजन इन्टरनेशनल नेपाल काे सयुत्त साझेदारीमा संचालित एकिकृत उत्थानशिल जिबिका प्रार्जन तथा पाेषण परियाेजना अन्तर्गत मेल्लेख गाउँपालिकामा पछाडि परेका वर्ग लाई छनाेट गरि मेल्लखमा १२ जना साफेबगर नगरपालिका मष्टामाणडाैमा २ जजा गरि १४ किसानलाई सहयोग गरेकाे वाक नेपाल अनुगमन सयाेंजक जगत रावलले बताएका छन । प्रत्येक परिवारलाई ३ वटा बाख्राका दरले ४२ वटा बाख्रा वितरण गरिएको हाे । बाख्रा यहाँकै स्थानीय फाेर्म बाट १३ सय ९७ किलो खरिद गरि रु ४ लाख ९५ हजार ९ सय ३५ बराबरको सहयोग गरेकाे कार्यक्रम अधिकृत निरन्जना पनेरू ले जानकारी दिनुभएको छ। बाख्रा मेल्लेख पशु सेवा शाखा काे समन्वय मा पशु प्राबिधिक द्वारा स्वास्थ्य जाच गरि वितरण गरेका हाे ।यस्तै मेल्लेखका युवालाई आधुनिक प्रबिधि बाट दार चिरान गरेरै भएपनि उद्यमि तथा आत्मनिर्भर बनाउन वडा ३ मा २ जना वडा ४ मा १ जना र वडा न ६ मा १ जना गरि जम्मा ४ जनालाई प्रतिव्यक्ति ६५ हजार बराबरको चेन्स मेसिन पनि सहयोग गरेकाे छ। साेहि परियोजना बाट मेल्लेखकै वडा न. ७ नन्देगडामा भैंसी पालनामा सहयोग पुगाेस भन्ने उदेश्यका साथ स्थानीय जगत साउदलाई ६० हजार मुल्य बराबरको उन्नत भैंसी सहयोग गरेकाे छ। संस्था सहयोग बाट भैंसी पालना सहयोग पाएपछि आफू निकै खुसि भएको साउद भनाइ छ । यस्तै किसानलाई बाख्रा र युवालाई चेन्स मेसिन सहयोग भएपछि कामगर्ने हाैसल बढेकाे कुस्काेट ४ का करन साउदले बताएका छन । परियोजना ले विगत देखि विपन्न परिवार काे जीवन स्थर माथि उठाउन व्यावसायिक बनाउन थुप्रै सहयोग गर्दै आइरहेको छ ।
वितरण कार्यक्रम सामाजिक परिचालक रमेश भुल दिपिका वड कविता साउद ,सहयोगी कर्मचारी कर्ण कुमाल लगायतको सहभागिता रहेको थियाे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।