समाचार स्थानीय

चौरपाटी घुम्ती शिविर : ९११ जना नागरिकले नागरिकता र मतदाता नामावली सेवा लिए

कालू बोहरा : चौरपाटी गाउँपालिका सञ्चालन भएकाे नागरिकता तथा मतदाता नामावली शिविरबाट ९११ जनाले सेवा लिएका छन ।
जिल्ला प्रशासन कार्यालय अछाम, जिल्ला निर्वाचन कार्यालय र चौरपाटी गाउँपालिकाको समन्वय तथा सहजिकरणमा शुक्रबार देखि सञ्चालन भएकाे शिविरबाट गाउँपालिकाका ५८० जनाले नयाँ नागरिकता र ३३१ जनाको फोटो सहितको मतदाता नामावलीका लागि नाम दर्ता गरिएकाे चाैरपाटी गाउँपालिकाले जनाएकाे छ ।सदरमुकाम मंगलसेनमा हुने सेवा गाउँपालिकामै पाए पछि लाभग्राही खुशि भएका छन । गाउँपालिकाकाे दुर दराजका वस्ती बाट मंगलसेन पुग्न दुई दिन सम्म लाग्ने गरेकाे तथा सामान्य त्रुटि भए पनि रित्तो हात फिर्ता हुनु पर्ने समस्या रहेकाे थियाे ।

एक जनाकाे नागरिकता वनाउन कम्तिमा चार, पाँच हजार भन्दा बढी रकम खर्च हुनेकाे गरेकाे थियाे गाउँपालिकामै शिविर वस्दा सामान्य परिवारलाई समेत आर्थिक अवस्था सहुलियत भएकाे स्थानिय दिल बहादुर साउदले बताउनु भयाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।