विविध समाचार

जन्म उत्सव मा गरने खर्च विपन्न परिवाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

अछाम जिल्ला मेल्लेख गाउपालिका वडा न . ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारी र मेल्लेख स्वास्थ्य चाैकि मा कार्यरत अयब सृजना अधिकारी ले आफ्नाे छाेरि प्रिशा अधिकारी काे प्रथम जन्म दिनकाे अवसरमा मेल्लेख वडा न ५का ५८ जना विपन्न परिवार का बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । उहाले वडामा रहेका अपांग असाय,अामा बाबु गुमाएका ,गरिब परिवार का बालबालिका छनाेट गरि साे शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । फजुल खर्च गर्नु भन्दा समस्या मा परेका बालबालिकालाई थाेरै भएपनि पढाइमा सहयोग पुगाेस भन्ने उदेश्य ले उक्त सामाग्री हस्तान्तरण गरिएको जनाएको छ । उहाले प्रति बालबालिका १० वटा कापि ५ वटा कलम गरि २३ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेकाछन ।यसरी शैक्षिक सामाग्री पाएपछि बालबालिका का अभिभावक खुसी भएका छन । जन्म उत्सव काे अवसरमा अायाेजना गरिएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का , मेल्लेख गाउपालिका सुचना अधिकारी नमराज बहादुर शाही अस्था नेपाल का सामाजिक परिचालक तित बहादुर बिक तपन्द्र बि क समाजसेवी केवल सिह बाेहरा लगायतको सहभागिता रहेकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।