अछामको मेल्लेख गाउँपालिककाे वडा न.७ नन्देगडामा संचालन गरिएको जलवायु जन्यप्रकाेप बाट बालिहरुकाे संरक्षण गर्न जलवायु मैत्री कृषक पाठशाला आज सम्पन्न भएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोग वाक नेपाल काे आयाेजना र वडा कार्यालय काे समन्वयमा वाक नेपाल एकीकृत उत्थानशिल जिवका पार्जन तथा पाेषण परियोजना अन्तर्गत कृषक पाठशाला संचालन गरिएको थियोे ।
१६ हप्ता सम्म संचालन गरिएको कृषक पाठशालामा तरकारी ,खाद्यान्न संकटलाई राेक्ने उदेश्य का साथ कृषकहरुलाई अर्गानिक तरकारी उत्पादन सम्बन्धि जानकार बनाएको छ ।
सबै लाभग्रहिहरू तरकारी सम्बन्धि नया प्रविधिबाट तरकारी उत्पादन गर्न र उद्यमि बन्नेमा बिश्वास लिएको छ ।
आ-आफ्नो घर मा तरकारी लगाउन किरा मार्न घरेलु औषधि झाेल नर्सरी ब्याड बनाउन ,दुरिकायम गरेर बेर्ना सार्न ,कुन सिजनमा कस्तो तरकारी लगाउने तरकारी बाट कसरी आत्मनिर्भर हुने भन्ने बिषयमा पाठशालामा व्यापक छलफल गरिएको थियोे ।
पाठशालामा नन्देगडका ३० जना कृषकहरले सक्रिय सहभागीता जनाएका थिए।
जलवायु मैत्री कृषक पाठशाला समापनमा वाक नेपाल अनुगमन अधिकृत जगत रावल परियोजना फिल्ड अधिकृत निरन्जना पनेरु , फिल्ड प्राबिधिक नरेन्द्र साउद सामाजिक परिचालक दिपिका वड लगायतको सहभागिता रहेकाे थियो ।