समाचार

तुर्माखाँदकि सुत्केरीको हेलिकप्टरबाट उद्धार

अछाममा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुकी कृष्ण बिकलाई सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत उद्घार गरेर सुर्खेत पठाइएको हो ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि कृष्णलाई हेलिकप्टर मार्फत सुर्खेत लगिएको स्थानीय कमल कोलीले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.ले बताए ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।