काठमाडौं । कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो 24 घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।
ताजा समाचार:
मेल्लेख गाउँ कार्यपालिका सदस्यले पाउने १ महिनाकाे सेवा सुबिधा बाट निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने
फागुन ३ मेल्लेख अछामको मेल्लेख गाउँपालिका गाउँ कार्यपालिका सदस्य हरुले १ महिना बराबरको अफुले पाउने सेवा सुबिधा बाट मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा निशुल्क एकीकृत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । जनताकै घरदैलोमा स्वास्थ्य सेवा दिने उदेश्यले मेल्लेख आधारभुत अस्पतालका मेडिकल अधिकृत एवम् एम बि बिएस डाक्टर सहित, स्वास्थ्यकर्मीकाे टाेलि द्वारा मेल्लेखकाे वडा […]
मेल्लेखमा शैक्षिक सुधार का लागि अतिरिक्त क्रियाकलाप संचालन
मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासनिले आधारभुत तहका बालबालिकाहरुकाे लागि अतिरिक्त क्रियाकलाप संचालन गरेकाे छ । आधारभुत तहका बालबालिकाहरुकाे शैक्षिक अबस्था सुधार का लागि वडा न.बिन्धेवासिन वडा कार्यलय काे अायाेजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता काे आयाेजना गरिएको थियो । मेल्लेख गाउपालिका वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारीकाे अध्यक्षता मा भएकाे हाजिरी जवाफ प्रतियोगिता […]
वेपत्ता मेल्लेखकी महिलाको शव बुढीगंगा नदीमा भेटीयो
अछामको बुढीगंगा नदीको किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीका एक महिलाको शव फेला परेको हो । ठाटीका कमल नेपालीकी २२ वर्षीया श्रीमति निर्मला नेपालीको शव सोमबार साँफेबगर नगरपालिका ७ स्थित वुढीगंगा नदीको बक्तोलमा फेला परेको ईलाका प्रहरी कार्यालय साँफेबरका प्रमुख नरपति भट्टले जानकारी दिनुभयो । उनी […]