अभिदुर्गादेवी माध्यमिक प्राबिधिक बिद्यालय मेल्लेख ७ नन्देगडा अछामको ६१औं स्थापना दिवसको अवसरमा छैटौं वार्षिकोत्सब तथा २३ औं अभिभावक भेला सम्पन्न भएको छ
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर साउदकाे अध्यक्ष्यतामा भएको स्थापना दिवस वार्षिकोत्सब तथा अभिभावक भेला उद्घाटन कार्यक्रम प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए । प्रमुख अतिथि अध्यक्ष साउदले शिक्षामा बिकासकाे लागि मेल्लेख गाउँपालिका बाट हुने सहयोगमा कुनै कमि नरहने बताए ।यस्तै शिक्षा क्षेत्रकाे समग्र बिकास का लागि सबैले एकताबद्ध भएर साथ सहयोग रहनुपर्ने बताउनु भयाे।
शिक्षामा लगानी अनुसारको प्रतिफल प्राप्त गर्ने शिक्षक विद्यार्थी ,अभिभावक जिम्मेवार हुनुका साथै त्रिपक्षीय सम्बन्ध राम्रो हुनुपर्ने बताए
यस्तै कार्यक्रमका बिशिस्ट अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का रहेका थिए उपाध्यक्ष खड्काले शिक्षाको गुणस्तरीय वृद्धिका लागि मेल्लेख गाउपालिकाले कुनै कमि नराख्ने बताएका छन । शैक्षिक सुधारको लागि सम्बन्धित सराेकारवाला सबैले चासो राख्नुपर्ने कुरामा जाेड दिएका छन
यस्तै ,बिद्यालयकाे समसामयिक प्रगति प्रतिवेदन बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर लुहारले प्रस्तुत गरेका थिए । बिद्यालय का लेखापाल प्रेमबहादुर साउदले आर्थिक बर्ष २०७९/०८० अषाढ मसन्तसम्मकाे १ कराेड ३६ लाख ७५ हजार ८ सय ८० बराबरको आय व्याय विवरण सार्वजनिक गर्नुभएको थियाे । यस्तै वार्षिकोत्सब कार्यक्रमकाे अवसरमा बिद्यालय अध्यानरत कक्षा प्रथम द्वितीय तृतीय हुने छात्र छात्रा,अनुशासित ,नियमित र खेलकुदकाे विभिन्न बिद्यामा उत्कृष्ट खेले प्रदर्शन गर्ने विद्यार्थीहरुलालाई पुरुस्कार समेत वितरण गरिएको थियोे । कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर महर शिक्षा अधिकृत बिरेन्द्र खडका निवर्तमान वडा सदस्य टंक बुढा पुर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष केशर साउद नेकपा एमाले पाटि प्रतिनिधि यज्ञ प्रसाद उपाध्या राष्ट्रिय स्वतन्त्र पाटि जिल्ला सयौंजक ओम प्रकाश रावल जनशिखा क्याम्पस प्रमुख भिम बहादुर बुढा , जानकि आधारभुत बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चिन्तु आउजी शिक्षक महासंघ मेल्लेखका अध्यक्ष बाबुराम साउद मंगलासैन आधारभुत बिद्यालयका प्रधानध्यपक भिमप्रसाद उपाध्या आस्था नेपालका फिल्ड अधिकृत भ्वान सिं सार्की दलित नेटवर्क अध्यक्ष अम्बर लुहार महिला प्रतिनिधि जानकि रावल विद्यार्थी बिबेक बिक प्रतिभा साउद प्रसानन्त साउद , लगायत ले शुभकामना मनतब्य राखेका थिए सहायक प्रधानध्यापक हर्क साउदकाे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन शिक्षक रामबहादुर रावलले गर्नु थियाे । साेहि अवसरमा पालिका टाेलेलि बिद्यालयकाे अनुगमन पनि गरेकाे थियो ।