नेकपा एमाले नेता एवम् समाजसेवी दान बहादुर धामीको २२औं स्मृति दिवसकाे अवसरमा राधा माध्यमिक बिद्यालयका १० जना गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।
एमाले अछामका तत्कालीन नेता एंवम समाजसेवी स्व : दानबहादुर धामीको २२औं स्मृति दिवसकाे अवसरमा विविध कार्यक्रम आयोजना गरि बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुलाइ विभिन्न शैक्षिक सामाग्री बितरण गरेकाे दानबहादुर धामि स्मृति प्रतिस्ठान का सचिव दिलिप के सिले जानकारी दिनुभएको छ ।
दानबहादुर धामी स्मृति प्रतिष्ठानका अध्यक्ष पदमबहादुर धामीकाे अध्यक्षतामा भएको स्मृति दिवस कार्यक्रम प्रमुख अतिथि मंगलसेन नगरपालिकाका उप – प्रमुख संगिता रावल साेडरि र विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष चन्द्र बोहरा रहनु भएका थिए। कार्यक्रम प्रमुख अतिथिको आसनमा बाेल्दै रावलले स्वः धामिकाे समाजप्रति काेयाेगदान अबिस्मणिय रहेको बताएका छन।उहाँको अमुल्य याेगदनकाे लागि कहिले बिर्सन नसकिने बताए।
यसै गरि विशिष्ट अतिथिको आसनबाट बोल्दै नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले स्व : नेता धामी तत्कालीन समयमा नेकपा अछामको शक्तिशाली खम्बा रहेको भन्दै उहाँको पाटि र समाज प्रतिकाे याेगदनकाे सबैले कदर गरेर अगाडि बढनु पर्ने धारण व्याक्त गर्नु भयो ।
कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नामसिंह धामी , नेकपा एमाले जिल्ला कमिटी अछामका सचिवालय सदस्य लिलाराज केसी , नेपाल रास्ट्रीय शिक्षक सङ्गठन जिल्ला कार्य समिति अछामका उपाध्यक्ष गीता ढुंगाना , नेपाल रास्ट्रीय शिक्षक संगठन मंगलसेन नगर कमिटी अध्यक्ष एकिन्द्र बिक , राधा माबिका प्र.अ. भिम बहादुर बिक , मंगलसेन नगर कार्यपालिका सदस्य प्रेम भुल , मंगलसेन नगरपालिका वडा नम्बर ४ कि वडा सदस्य निर्मला भुल , समाजसेवी पुस्प कठायत , मिनबहादुर धामी , नैनबहादुर केसी , नरेश बहादुर धामी लगायतका उपस्थिति रहेको थियो । उक्त शैक्षिक सामाग्री प्रायाेजककाे रुपमा प्रहरी नायव निरिक्षक जितमान धामीले सहयोग गर्नु भएको थियो ।
गरिब ,विपन्न, जेहेन्दार ,बालबालिका ले झाेला कापि कलम र अन्य शैक्षिक सामग्री पाएपछि बालबालिका खुसि भएका छन ।
पुस्प केसीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सदस्य एवम् साहित्यकार कमलराज केसीले गर्नु भएको थियो ।