समाचार स्थानीय

नन्देश्वरि प्राबिधिक तथा साधारण माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा बिर बहादुर बाेहरा चयन

मेल्लेख गाउँपालिका वडा न.६ मा रहेकाे नन्देश्वरि प्राबिधिक तथा साधारण माध्यमिक बिद्यालयकाे २९ औं अभिभावक भेला  मेल्लेखकाे शाेडसादेविमा सम्पन्न भएकाे छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरेन्ड भट्टराई काे अध्यक्षतामा भएकाे भेलाका प्रमुख  अतिथि  मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं  साउद रहनु भएकाे थिए ।साउदले भेलामा बाेल्दै, शैक्षिक गुणस्तर सुधारको लागि  बिद्यालय व्यवस्थापन समिति शिक्षक  अभिभावक काे त्रिपक्षीय सम्बन्ध बलियो  बनाएर लैजानु पर्ने बताएका छन । मेल्लेख गाउपालिका बाट शिक्षा क्षेत्रमा धेरै लगानी रहेकाे भन्दै लगानी अनुसारकाे प्रतिफल हेर्ने बाकिनै रहेकाे उहाको भनाइ छ ।  मेल्लेखमा रहेका बिद्यालय मा कर्कटपाता रहित बिद्यालय  बनाउने यश अघिकाे अभियानमा   निरन्तरता दिदै शिक्षा मा रहेका समस्या आवश्यकता काे आधारमा सबै पूरा गरिने  बताएका छन ।यस्तै  भेला का बिशिस्ट अतिथि मेल्लेख गाउपालिकाल वडा न. ६ का वडा अध्यक्ष  तिलक कडायत रहनु भएको थिए  ,कडायतले  बिद्यालय संचालनमा वडा बाट हुने सहयोग का लागि कुनै कमि नरहने बताएका छन । भेलामा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरेण्ड भट्टराईले बिद्यालय काे शैक्षिक भाैतिका र विद्यार्थी  शिकाई उपलब्धि आगामी रणनीति  सहितकाे प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे। यस्तै  बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष जिवराज खड्काले  आर्थिक बर्ष  २०७९/०८० काे आय व्याय   २ कराेड १५ लाख ५७ हजार ४० बराबरको  आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियाे ।
भेलामा  निवर्तमान वडा अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य नरपति रावल ,वडा सदस्य रतन खड्का  , नेकपा ए. समाजवादी प्रदेश कमिटी  सदस्य ,डम्बर नेपाली , नेकपा जिल्ला कमिटी सदस्य वीर बहादुर बाेहरा ,अनेरास्ववियु का केन्द्रीय सदस्य सुरेन्द्र साउद अनेरास्ववियु अछाम जिल्ला अध्यक्ष नरेन्द्र खड्का ,नेकपा माओबादि  केन्द्र पालिका संगठन कमिटी सदस्य दिपक बाेहरा ,जिल्ला खेलकुद समिति अध्यक्ष केशर खड्का ,नेकपा एमाले का  प्रतिनिधि मनसरा खड्का  नेकपा माओवादि केन्द्र का वडा कमिटी अध्यक्ष   गाेरख बाेहरा ,समाजवादी पाटि प्रतिनिधि  नृप खड्का  समाजसेवी महिला  लक्ष्मी भट्टराई ,  मीन बहादुर बुढथापा  शाेडसा आधारभुत ,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम खडका  प्रधानध्यापक कुल बहादुर खड्का  लगायतले शुभकामना मनतव्य राखेका थिए  ।शिक्षक पृथ्वी रावल काे स्वागत मनतव्य बाट सुरु भएको भेला काे संचालन प्रधानध्यापक कुल बहादुर रावलले गर्नु भएको थियाे।साथै  । भेलामा  विभिन्न बिधामा उतकृष्ट बिद्यार्थी शिक्षक जग्गा दान गर्ने चन्दा दाता लाई सम्मान पनि गरेकाे थियोे । यस्तै   साेहि बिद्यालय मा, पत्रकार गाेबिन्द खड्काकि आमा काे सम्झनामा  नन्देश्वरि माध्यमिक बिद्यालयमा  .स्थापना गरिएको विष्णादेवि अक्षयकोष बाट ८ जना जेहेन्दार बिद्यार्थी लाई छात्रवृत्ति पनि वितरण गरेकाे थियोे । भेलाकाे  बन्दसत्र बाट वीर बहादुर बाेहरा काे अध्यक्षता ९ सदस्य  नयाँ व्यवस्थापन  समिति चयन गरेकाे छ ।जस्काे
सदस्य मा  नरपती रावल
तिलक कडायत
रमेश बोहरा
नरपता बोहरा
मन्सरादेवी खड्का
गिता नेपाली
पृथ्वी रावल शिक्षक प्रतिनिधि
कुल बहादुर रावल सदस्य सचीव रहेका छन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।