समाचार

नवप्रवर्तन साझेदारीकोषद्वारा संचालित परियोजना मार्फत ७ दिने अचार उत्पादन सम्बन्धि सीप विकास तालिम संचालन

जेठ २८ मेल्लेख

अछामको मेल्लेख गाउँपालिका सुयडिमा रहेको उद्योग ग्राममा ४० बर्ष मुनिका आर्थिक रुपले विपन्न ,एकल महिला दलित समुदायका महिला पुरुष हरुका लागि सीप विकास र आयआर्जन वृद्धि गर्ने उदेश्यले अचार उत्पादन सम्बन्धि ७ दिने तालिम आइतबार देखि सुरु भएको छ ।

नवप्रवर्तन साझेदारी काेषकाे सहयाेग र मेल्लेख गाउँपालिकाकाे संयुक्त आयोजनामा महिला ,दलित समुदायका व्यक्ति एकल महिला लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले तालिममा सहभागी हरुले विभिन्न पेशा तथा व्यवसायमार्फत आफ्नो खुट्टामा आफै उँभिनुपर्ने भन्दै आत्मनिर्भर भएर व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायिक रुपमा अचार उत्पादन गरी मेल्लेखका होटल तथा आसपासका बजारमा बिक्री वितरण गर्नुपर्ने बताउनुभयो । घरबाट सम्पूर्ण उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरुको बिक्री, वितरण र बजारिकरण पालिकाले गर्ने व्यवस्था मिलाइने बताउनुभयो । अहिले पनि मेल्लेख गाउँपालिका, मेल्लेख बजार तथा आसपासका होटल मा जिल्ला भन्दा बाहिरबाट अचार आउने भन्दै अब पालिकामै उत्पादन गरेर उद्यमिहरुको पेशा, व्यवसायलाई टिकाउन र उनीहरुको उत्पादनको लेबलिङ तथा प्याकेजिङका लागि गाउँपालिका कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अचार बनाउने तालिम मेल्लेखमा पहिलो भएको बताउँदै तालिम लिएपछि महिला दिदीबहिनी,पुरुष दाजुभाइहरुले व्यावसायिक रुपमा अचार उत्पादन गरी बाहिरबाट आउने अचारलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो ।

स्थानीय स्तरमा प्रयोग विहिन भएका कच्चा वस्तुहरुलाई बढि प्रयोगमा ल्याउनुपर्ने भन्दै सिप सिकेपछि गुणस्तरिय वस्तु उत्पादन गर्न आग्रह समेत गर्नभएको थियो ।

तालिम मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाकाे अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए ।तालिम उद्घाटनकाे संचालन मेल्लेख गाउँपालिका सुचना प्रबिधि अधिकृत तथा नवप्रवर्तन साझेदारी काेषका सम्पर्क व्यक्ति चन्द्र प्रकाश साउदले गर्नु भएको थियोे । तालिममा मेल्लेख गाउँपालिका अन्तर्गतका वडा बाट ४० बर्ष मुनिका, आर्थिक रुपले विपन्न एकल महिला दलित समुदायका महिला परुष गरि २८ जनाकाे सहभागीता रहेकाे छ । उद्घाटनमा उद्यम सहजकर्ता तालिम प्रशिक्षक लगायतको उपस्थिति रहेको थियोे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।