स्थानीय

निर्माण ब्यवसायी संघ अछामका अध्यक्ष ढुङ्गानाको पहलमा २५० घरपरिवारलाई खाद्यान्न बितरण

बैशाख,१७ अछाम

निर्माण ब्यवसायी संघ अछामका अध्यक्ष तेज प्रसाद ढुङ्गानाको पहलमा मंगलसैन नगरपालिका वडा नम्बर ५ का २५० घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गर्न नपाएर श्रमिक तथा विपन्न वर्गका मानिस खाद्यान्नको अभावले भोकै बस्न नपरोस भन्ने हेतुले उक्त वडाका २५० घरपरिवारलाई प्रति ब्याक्ति २० किलो चामल ,१ पोका तेल,१ किलो नुन र १ पिस साबुनका बितरण गरेको हो ।

निर्माण ब्यवसायी संघ अछामका अध्यक्ष तेज प्रसाद ढुङ्गानाको सहयोगमा २८ क्विन्टल चामल,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगानाको सहयोगमा ११ क्विन्टल चामल,निर्माण ब्यवसायी तथा ब्यापारी हेमराज ढुंगानाको सहयोगमा ११ क्विन्टल चामल,उग्रतारा सुधार केन्द्र अत्तरिया कैलालीका संस्थापक बिमल भाट तथा परामर्शदाता प्रणय साउद को सहयोगमा राजेश भाट मार्फत २५० पोका तेल ,सहयोगी कृषि सहकारी संस्था लिमिटेड मंगलसैन नगरपालिका ५ का अध्यक्ष बेदप्रसाद ढुंगानाको सहयोगमा २५० थान साबुन, संगम ग्यास सप्लायर्सका प्रोप्राइटर लक्षिराम भाटकाे सहयोगमा २५० किलो नुन उपलब्ध गराइएको हो ।

मंगलसैन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद ढुंगानाको रोहवरमा खाद्यान्न बितरण गरिएको बताइएको छ । उक्त खाद्यान्न बितरण कार्यक्रममा समाजसेवी चन्द्र प्रसाद ढुंगाना,पदमराज अधिकारी ,अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले सहयोगि दाताहरुलाइ धन्यवाद व्यक्त गरेका थिए ।

कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउनका वेला दैनिक काम गरेर गुजारा चलाउने तथा अति विपन्न परिवारलाई केहि दिनको लागी भएपनि छाक टार्न सजिलो होस भन्ने उदेश्यले वडा कार्यालय मार्फत त्यस्ता परिवारलाई पहिचान गरी खाद्यान्न वितरण गरिएको निर्माण ब्यवसायी संघका अध्यक्ष ढुंगानाले बताए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/

Leave a Reply