राजनीति समाचार

नेकपा एमाले मेल्लेखकाे दाेस्राे पालिका अधिवेशन उद्घाटन समारोह सम्पन्न

जेठ ३२ मेल्लेख
नेकपा एमाले मेल्लेख गाउँपालिका कमिटी अछामको  दाेस्राे पालिका अधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ।
उद्घाटन समारोहलाई सम्बाेदन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज लाल बहादुर थापाले पाटिकाे केहि आन्तरिक समस्य समाधान गर्न पाटि पंक्तिका शिर्ष नेता संघ छलफल तथा  बहस छिटै टुंगिने   बताएका छन । एमाले पाटीकाे  नयाँ क्षेत्रमा पार्टीको संलग्नता प्रभावकारी बनाउने  हरेक तहमा पार्टीको प्रभाव विस्तार गर्न संगठन र कामका नयाँ क्षेत्रहरु पहिचान गरि पाटी अघि बढने कुरामा  विश्वास्त रहेकाे बताए ,सामाजिक र सामुदायिक क्षेत्रका संस्थाहरुले गर्ने कामप्रति पार्टीले बहन गर्नुपर्ने जिम्मेवारीबारे पार्टीपङ्क्तिलाई स्पष्ट पार्दै ती क्षेत्रका विशेषताअनुरुपको भूमिका निर्वाह गर्न सक्षम कार्यकर्ता पङ्क्तिको विकास गरि उनीहरुलाई प्रतिस्पर्धी बनाउन विशेष ध्यान दिने उहाँको भनाई छ ।
मुलुकाे समृद्धि  नेकपा एमाले बिना सम्भव नहुने भन्दै आगामी निर्वाचनमा नेकपा एमाले नै जनताको पहिलो राेजाईकाे पाटि रहने दाबी गर्नु भएको छ ।
अधिवेशन उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य तथा क्षेत्र न.२ का इन्चार्ज यज्ञ बहादुर बाेगटी
जिल्ला कमिटी अध्यक्ष चन्द्र बाेहरा सचिव भिम बहादुर रावल उपसचिव प्रेम महर सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख प्रकाश शाह ,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य डिबि साउद प्रदेश प्रतिनिधि परिषद सदस्य हिरेण्ड भट्टराई कुसलराज बुढा जिल्ला कमिटी सदस्य भिम बहादुर खड्का लगायतका एमाले नेतालेहरुले संम्बाेदन गरेका थिए ।  पालिका कमिटी अध्यक्ष केशर साउदकाे अध्यक्षतामा भएको अधिवेशन उद्घाटन   समारोह  काे संचालन सचिव सुरेन्द्र साउदले गरेका थिए । अधिवेशनको बन्दसत्र बाट नयाँ नेतृत्व चयन हुने छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।