कोरोना समाचार स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, आज १ हजार ४१ थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ।

आज १२ हजार ४७३ पीसीआर परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन्। 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ हजार ५६६ जना निको भएका छन्। आजसम्म निको हुनेको संख्या २७ हजार १२७ रहेको छ। 

Source :- NepalKhabar.com

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :