संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ,संगठन आन्दोलनमा उत्रिएका छन् ।
सबै शिक्षक संघ,संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएका हुन् ।
यसै क्रममा अछामको मेल्लेख गाउँपालिकामा आज बिहान ११ बजेबाट २ बजेसम्म स्थानीय पालिकामा महासंघको अगुवाइमा धर्ना दिइएको नेपाल शिक्षक महासंघ पालिका समिति अध्यक्ष बाबुराम साउदले बताए ।
मेल्लेखमा काेण सभा समेत गरेकाे थिए काेणसभामा राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिब कृष्णबहादुर बिक ,नेपाल शिक्षक संघका पुर्वी जिल्ला उपाध्यक्ष राम बहादुर साउद नेपाल शिक्षक महासंघ जिल्ला अर्थ सचिब इन्द्रबहादुर साउद ,नेपाल शिक्षक महासंघका जिल्ला सहसचिव जानकि साउद लगायत मेल्लेखका शैक्षिक अगुवाहरले सम्बाेदन गरेका थिए । शिक्षक महासंघका पालिका अध्यक्ष बाबुराम साउदकाे अध्यक्ष्ातामा भएको काेणसभा काे संचालन शिक्षक मनाेज कुमार साउले गरेका थिए ।
सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा,सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।
‘शिक्षक संघ,संगठनसँग पटकपटकका सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजाने खोजेपछि आन्दोलनमा उत्रिएका हौं,’अध्यक्ष साउदले भने, ‘शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दा समेत समावेश छैनन् ।’
यसैगरी मेल्लेखमा जानकारी पत्र समेत बुझाएका छन । पत्र बुझदै मेल्लेख गाउपालिकाले भने शिक्षक का माग सम्बाेदन गर्न संघीय सरकारकाे भुमिका महत्त्वपूर्ण हुनुपर्ने बताएका छन पालिकाबाट गर्ने सकिने माग पुरा गर्न स्थानीय सरकार प्रयासरत रहेकाे जनाएको छ ।