प्रविधि समाचार

पशुकाे उपचारको लागि गाउँमै भेटनरि प्राबिधिक पठाईने ।

मेल्लेख सम्बाददाता असार ३० अछामको मेल्लेख गाउपालिका मा रहेकाे पशु सेवा शाखा ले बर्षा यमकाे बेला पशुमा लाग्न सक्ने राेगलाई मध्यनजर गर्दै पशुमा राेग लागेकाे जानकारी गराए उपचार काे लागि गाउँमै पशु भेटनरि डाक्टर पठईने बताएका छन । बर्षा याम काे बेला पशुमा हरेक थरि राेग लाग्ने भएकाेले सबैले सजक हुनुपर्ने पनि बताए ।पशुमा कुनै खालकाे राेगकाे लक्षण देखिए तुरुन्तै पशु सेवा शाखालाई जानकारी गराउन पनि पशु उपभाेग्यहरुलाई जानकारी गराएका छन । पशु मा लाग्ने राेग बाट कृषकले पालेका पशुहरुकाे क्षेति हुन नदिन गाउमै पशु प्राबिधिक भेटनरि डाक्टर पठाइने पनि मेल्लेख पशु शाखा भेटनरि अधिकृत कृष्णबहादुर राेकायले बताएका छन । यस्तै पशुमा लाग्ने राेग नियन्त्रण का लागी मेल्लेखका पशु व्यावसाय हरु संग छलफल पनि गरेका छन । अाजै मेल्लेख पशु शाखा काे सक्रियता मा मेल्लेख गाउँपालिका वडा न.५ का इन्द्रबहादुर खड्का काे घरमा पालेकाे गाई काे बाच्छ काे जन्मदा देेखिनै दिसा गर्ने ठाउँ नभएको र पुरिएको अबस्थामा चार दिन पछि मेल्लेख पशु सेवा शाखा मा ल्यएपछि बाच्छा काे सल्यक्रिया मार्फत सफल उपचार पछि घर पठाएको पशु भेटनरि अधिकृत राेकाय ले जानकारी दिए ।
Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।