
मेल्लेख गा.पा, -०४ कुस्कोट,अछाम
१.मुक्तक
आम्दानी भएको छ, घर - घरान बाचेको छ।
राष्ट्रिय प्रतीक, राष्ट्रको सान बाचेको छ।
तिम्ले कुकुर पालेर के बाचेको छ भन ?
मित्र, मैले गाई पालेर देशको स्वाभिमान बाचेको छ।
२. मुक्तक
परे पनि अप्ठ्यारो स्थितिमा किन जादैन।
गरिब निमुखाको आगनिमा किन जादैन।
केक बोकेर जन्मदिनमा जाने हेलिकप्टर , सिटामोल बोकेर कर्णालिमा किन जादैन।
३.मुक्तक
बाटो नबिराइ कन सरा – सर आइदिन्छ।
सन्तान काखमा समाउने रहर आइदिन्छ।
परदेशी भइ बाच्न त्यति सजिलो छदै छैन।
हरबखत आँखा अगाडि घर आइदिन्छ।
४. मुक्तक
कडा प्रस्तुत भएर उभिन्छु दु:ख नमान्नु।
आफ्नो बिचार धारमा हिड्छु दु:ख नमान्नु। सरकार !
तैले कोरोना टेस्ट मरे पछि गरिस, अब म पनि मरे पछि कर तिर्छु दु:ख नमान्नु।
५ .मुक्तक
दु:ख, पिडालाई उछिन्न पैसा चाहिदो रैछ।
गर्नलाई केही भिन्न पैसा चाहिदो रैछ।
यस्तो पारामा बस्नु भन्दा विष पिउ लाग्यो,
फेरि त्यो विष नि किन्न पैसा चाहिदो रैछ।