स्थानीय

पालिका स्तरीय बालसज्जाल का पदाधिकारी हरुका लागि नेतृत्व बिकास सम्बन्धि दुई दिने तालिम सम्पन्न

साउन २४ अछाम जिल्ला काे मेल्लेख गाउपालिकामा पालिका स्तरीय बालसज्जाल का पदाधिकारी हरुका लागि दुई दिने तालिम मंगलबार सम्पन्न भएकाे छ ।

तालिम मेल्लेख गाउँपालिका बाल सज्जाल काे अायाेजना बालअधिकार समिति काे समन्वय र अास्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे अार्थिक तथा प्राबिधिक सहयोगमा सम्पन्न भएकाे हाे ।

तालिम बाल सञ्जालका पदाधिकारी अरुको नेतृत्व बिकास ,तथा सञ्जाल ब्यबस्थापन बालसज्जालका पदाधिकारी हरुका क्षमता अभिवृद्धि , पदाधिकारी हरुको कर्तव्य,अधिकार र जिम्मेवारी सम्बन्धि ज्ञान सीप प्रदान गर्न र सञ्जाल लाई सशक्त बनाउने उदेश्यका साथ तालिमको अायाेजना गरिएकाे थियोे ।

साथै बाल सज्जाल मार्फत समाजिक न्याय का काममा सहयोग हुनेगरि बालबालिका हक अधिकार एन नियम कानुन कार्यबिधि कार्यनयन काे बिषयमा पनि छलफल गरिएको थियोे । यस्तै बाल सज्जाले अागामि गर्नुपर्ने क्रियाकलाप काे बारे कार्ययोजना पनि तयार गरिएकाे छ। तालिममा मेल्लेख गाउपालिका वडा अन्तर्गत बाट ३५ जना बालबालिकाहरुकाे सहभगिता रहेकाे थियाे ।
तालिमको सहजिकरण अस्था नेपाल का सामाजिक परिचालक तपेन्द्र बिक र कमल खड्काले गर्नु भएकाे थियाे। तालिम साेमबार मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति सयाेंजक नृप बहादुर खड्काले उद्घाटन गरेका थिए।
तालिम बाल पालिका स्तरीय बाल सज्जाल का अध्यक्ष अनिसा टमट्टा काे अध्यक्ष्ातामा सम्पन्न भएको भएको तालिममा मेल्लेख गाउपालिका वडा न .५ का वडा अध्यक्ष प्रकाश अधिकारी वडा न .8 का वडा अध्यक्ष महेश ठकुल्ला बाल स्पाेन्सरसिप परियोजना फिल्ड सयांैजक मेनुका मल्ल अनुगमन अधिकृत हर्क खड्का लगायत काे सहभागिता रहेकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।