समाचार

व्यवसाय विस्तार तथा उद्यमशिलता बिकास सम्बन्धि ५ दिने तालिम साँफेबगरमा सम्पन्न ।

व्यवसाय विस्तार तथा उद्ममशिलता बिकास  सम्बन्धि ५ दिने तालिम अछामको साँफेबगरमा आज सम्पन्न भएको छ।
वाक नेपाल वल्डभिजन ईन्टर नेशनल नेपालकाे साझेदारीमा सञ्चालित एकिकृत उत्थानशिल जिविकाे पार्जन तथा पाेषण परियाेजना अन्तर्गत व्यवसायिक याेजना व्यवसाय विस्तार तथा उद्ममशिलताबिकास  सम्बन्धि तालिम सम्पन्न भएकाे हाे ।
तालिममा पञ्चदेवल विनायक, कमलबजार नगरपालिका , मेल्लेख गाउँपालिका र सांफेबगर नगरपालिका गरि जम्मा २४ जना सहभाीहरूकाे सहभागीता रहेकाे थियाे। तालिम यहि पाैष २४ गतेबाट सुरु भएकाे थियाे । तालिममा व्यवसाय शुरू गर्नुअघि व्यवसाय कसरि सञ्चालन गर्ने र कसरि असल उद्यमी बन्ने भन्ने उदेश्यले तालिमकाे सञ्चालन गरिएकाे थियाे । जसमा सिलाईकटाई, वाईरिग, ग्यारेज र कम्प्युटर सम्बन्धि सिपहरू काे छनाैट गरेका छन । उद्यमशिलता विकास तालिम पश्चात सहभागीहरूले सिप अनुसारका ३ महिने तालिममा पुनः सहभाी भै व्यवसाय सञ्चालन गर्नेछन । तालिममा सहभागीहरूले वाक नेपाल र वल्डभिजनले प्रदान गरेकाे उद्यमशिलता सिप हाम्रा लागी धेरै उपयाेगी भएकाे यहि सिपलाई आत्मसाथ गर्दै व्यवसाय सञ्चालन गर्ने प्रतिबद्ता जनाएका छन । याे सिपकाे लागी सहयाेगी संस्थालाई धन्यवाद पनि प्रदान गरेका छन । संस्थाले यस अघि पनि यस्ता सिपमुलक तालिमहरू सञ्चान गर्दै विपन्न परिवारकाे जिवनस्तरमा परिवर्तन आएकाे छ । अति विपन्न परिवारकाे आर्थिक सम्पन्नताका लागी र वालवािलकाकाे समृद्धिका लागि टेवा पुर्याउने र सुपाेषित वालवालिका बनाउने परियाेजनाकाे लक्ष्यलाई साकार तुल्याउन विभिन्न कृयाकलापहरू संचालन गर्दै आईरहेकाे छ ।
तालिम समापन कार्यक्रमकाे अध्यक्षता वाक नेपालका कार्यसमिति सदस्य मिन बहादुर कुवरले गर्नु भएकाे थियाे ।सदस्य कुवरले कार्यक्रम समापनमा बाेल्दै व्यवसाय जिवन रूपान्तरणकाे बाटाे हाे यसलाई मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्ने हाे भने यसैबाट समृद्धि हांसिल गर्न सकिने बताएका छन समुदायकाे विकास विना देशले समृद्धि प्राप्त गर्न नसकिने भन्दै समुदायको उत्थानकाे लागि सबै सराेकारवालकाे ध्यानाकर्षण हुनुपर्ने बतउनु भयाे। तालिम समापन कार्यक्रमकाे सञ्चालन वाक नेपाल एकिकृत उत्थानशिल जिविकाे पार्जन तथा पाेषण परियाेजनाका कार्यक्रम संयाेजक गाेपीसिह नेपाली ले गर्नु भएकाे थियाे। तालिमकाे सहजीकरण सांफेबगर नगरपालिकाका उद्यम विकास सहजकर्ता शितल खडकाले गर्नु भएकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।