समाचार स्वास्थ्य

बर्थिङ सेन्टरका नर्सिङ स्टाफ अनमी लाइ सीप बिकास तालिम

असार १० मेल्लेख
अछामको मेल्लेख गाउँपालिका वडा न.३ र ४ मा रहेको बर्थिङ सेन्टरमा कार्यरत अनमि नर्सिङ स्टाफ  हरुका लागि, मातृ तथा बालबालिका स्वास्थ्य सेवा अन साइट सम्बन्धि तीन दिने  तालिम सम्पन्न भएकाे छ ।
वाक नेपालकाे SEWA परियोजना अन्तर्गत कुयडा बिर्थिङ सेन्टरमा तालिम आईतवार सम्पन्न भएको हाे ।
तालिम सेवा प्रदायक हरुले गुणस्तरिय सेवाहरु प्रदान गर्नको लागि ज्ञान र सिपमा अभिवृद्धिका साथै  सहजै सेवा प्रवाह हाेस भन्ने उदेश्यले संचालन गरिएको थियो ।
सेवा प्रदायकहरुको थप सीप र आत्म बिश्वास वृद्धि गरि मातृ शिशु तथा बालबालिकाकाे स्वास्थ्यमा सुधार ल्याउन  कार्यक्रममा विभिन्न चरण हरु अपनाइएको थियो। जस्मा
-गुणस्तर सुधार सामग्री (चेक लिस्ट )को प्रयोग गरेर सेवा प्रदायकको मुल्यांकन गरिएको थियोे ।यस्तै
-कोच द्वारा क्लिनिकल सिपको प्रदर्सन
-कोचको सुपरिवेक्षणमा प्रशिक्षार्थिहरु द्वारा सीप प्रदर्सन (अभ्यास ), मोडल(डम्मि) तथा सेवा ग्राहिमा
– कोच द्वारा सेवा प्रदायकको सिपको दक्षताकाे मूल्यांकन  समेत गरेकाे थियोे ।
बर्थिङ सेन्टरकाे स्थर उन्नति गुणस्तरीय सेवा प्रवाहमा सहजता ल्याउन सेवा परियोजनाले अछाम जिल्लाका तीन वटा पालिका – पन्चदेवल बिनायकको वडा नं ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र, कमलबजार नगरपालिका २ स्थित प्राथमिक स्वास्थ केन्द्र, मेल्लेख गाउपालिका वडा न.३ र ४ गरि जम्मा चार वटा  स्वस्थ्य सस्थामा मातृ तथा बालबालिकाकाे स्वास्थ्य  सुधारमा काम गर्दै आइरहेको छ।
तालिमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत सि अ न मि सुपरिवेक्षक टीका सर्मा ,वाक नेपाल सेवा परियोजना कार्यक्रम अधिकृत उमा अवस्थीले गरेका थिए ।

मेल्लेख लगायत अन्य कार्य क्षेत्रमा पनि अन साइट   कार्यक्रम सम्पन्न भएकोे छ।

परियोजनाले विशेषगरी  बर्थिङ सेन्टर स्वास्थ्य संस्था सुधार  स्वस्थ्य क्षेत्र  तथा सरसफाइ र बर्थिङ सेन्टर व्यवस्थापन,प्रभावकारी सेवा र आवश्यक सामाग्रीमा सहयोग पग्ने गरि काम गर्दै आइरहेको छ। बर्थिङ सेन्टर लाई  नमुनाकाे रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने गरि बिभिन्न क्रियाकलाप अगाडि बढाई रहेकाे छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।