समाचार

बाजुरामा बाढीले २ घर बगायो, २३ जनाको उद्दार

बाजुरामा मंगरबार राति परेको अविरल वर्षाका कारण बाढी आएपछि २  घर बगाएको छ भने २ घर उच्च जोखिममा रहेका छन्। जिल्लाको बुढीगंगा नदीमा आएको बाढीले घर बगाएको हो। बडिमालिका नगरपालिका २ भौनेरामा घर बगाउँदा चार परिवार नै विस्थापित भएका छन्। प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ। यस्तै नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धार र विस्थापित  परिवारलाई सुरक्षित ठाउँमा सार्न खटिएको छ चार परिवारका २३ जना परिवारको उद्धार गरिएको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।