समाचार

बाजुरामा बिजेता भलिबल खेलाडीलाई मेल्लेख गाउँपालिका द्वारा सम्मान

बाजुरा बुढिगंगा नगरपालिकाकाे बडीमालिका क्याम्पस फालासैनकाे खेलमैदानमा  बिहीबार  सम्पन्न अन्तरपालिका स्तरी प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिताकाे उपाधि मेल्लेख गाउँपालिका अछामले जितेपछि

मेल्लेख गाउँपालिका द्वारा भलिबल खेलाडीलाई एक कार्यक्रमका बिच सम्मान गरेकाे छ ।

वडा न.५ का वडा अध्यक्ष तथा सामाजिक विकास सयाेंजक  प्रकाश अधिकारीकाे अध्यक्ष्यातामा भएको कार्यक्रममा खेलाडीलाई खादा द्वारा सम्मान गरिएको हाे ।

सम्मान कार्यक्रममा वडा न. १ का वडा अध्यक्ष दिल बहादुर धामि वडा न.२ का वडा अध्यक्ष कुसल राज बुढा वडा न. ४ का वडा अध्यक्ष चन्द साउद वडा न. ६”का वडा अध्यक्ष तिलक कडायत वडा न. ७ का वडा  अध्यक्ष प्रेम बहादुर महर वडा न. ८ का वडा अध्यक्ष महेश ठकुल्ला निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार टिम व्यवस्थापक तथा प्रशिक्षक  प्रेम बुढा  खेलकुद प्रशिक्षक अर्जुन राज ढुङगेना आस्था नेपालका फिल्ड अधिकृत भ्वानसिह सार्की  लगायतले बधाई मनतव्य द्वारा खेल क्षेत्रकाे बिकास संगै खेलाडीलाई आवश्यक सहयोग गर्न मेल्लेख गाउँपालिका  पछि नपर्ने बताएका थिए ।

बुढीगंगा नगरपालिकाद्वारा आयाेजित अन्तरपालिका स्तरीय भलिवल प्रतियाेगिताकाे हिजो  भएकाे फाईनल खेलमा आदर्श गाउँपालिका डाेटीलाई हराउँदै मेल्लेख गाउँपालिकाले उपाधि जितेको थियोे ।

जितसँगै मेल्लेखले नगद १ लाख ५७ हजार ७ ७ सय ७७ सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियोे ।प्रतियाेगितामा जिल्ला भित्रका साथै सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाबाट१६ वटा टिमले सहभागीता जनाएका थिए ।

बडा दशैं तथा शुभदिपालीकाे अवसर पारेर आयाेजना गरिएकाे प्रतियाेगिता बडीमालिका क्याम्पस फालासैनकाे खेलमैदानमा संचालन भएकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।