समाचार

बाब्लाका किसानलाई मरेका पशुकाे, बिमा रकमकाे चेक  हस्तान्तरण

साउन १३ अछाम
युनाइटेड अजाेड इन्स्योरेन्स लिमिटेड द्वारा साँफेबगर नगरपालिका वडा न.१३ बाब्लाका किसानालाई मरेका  पशु हरुकाे बिमा रकमको  चेक हस्तान्तरण गरिएको छ ।
बिमा रकमको चेक पाउने हरुमा  बिमा गरेका पशु पंक्षि फर्मले पाएका छन ।
जस्मा  भुबेश कृषि तथा पशुपन्छी फर्मले ६८ हजार , पदम कृषि तथा पशुपन्छी फर्म १७ हजार १ सय, कुवर तथा कृषि पशुपंक्षि फर्मले ४० हजार र सरिता देवि कुवरले १५ हजार २ सय मेरेका पशुकाे बिमा दाबि रकम पाएका युनाइटेड अजाेड इन्स्योरेन्स लिमिटेड  पशु प्राबिधिक हाेमराज जाेशीले जानकारी दिनुभएको छ ।
बिमा रकमको चेक हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रुप बहादुर कुवर वडा सदस्य बल बहादुर सावद ,हंसे साउद बिरु सुनार बसन्ति बिष्ट ,
नेपाली काङ्ग्रेस पाटि प्रतिनिधि  नरु देबी कुवर
नेकपा एमाले पाटि प्रतिनिधि  कबिराज जाेशी
नेकपा एकीकृत समाजवादी पाटि  प्रतिनिधि  इश्वर बटाला
राष्ट्रिय माध्यमिक बिद्यालयका प्रधानध्यापक   रमानन्द्र जाेशी
जाल्पादेबी आधारभुत बिद्यालयका प्रधानध्यपक उमाकान्त जाेशी
स्वास्थ चाैकी  बाब्लाका  प्रतिनिधि  धनी केसी
वाक नेपालका पर्व कार्यसमिति अध्यक्ष  मीन बहादुर कुवर
पशु प्रबिधिक चन्द्रबहादुर कुवर
लगायत  कृषक हरु काे उपस्थिती रहेकाे थियो ।
पशु पालक किसानले समयमै बीमा गराउनाले मरेका पशुको ९० प्रतिशत क्षतिपूर्ति पाएका हुन्। पछिल्लो समयमा पशु बीमा गराउनेहरुको संख्यामा बृद्धि हुन थालेको छ।  यसरी मरेका पशुकाे बिमा रकम पाउदा किसान निकै खुसि भएका छन

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।