समाचार

बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न अनुगमन

अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा न.७ नन्देगडालाई  बाल मैत्री स्थानीय शासन वडा घाेषणाकाे  पुर्ण रुप दिन हाल सम्म भए गरेका कामकाे मंगलबार  अनुगमन  तथा समिक्षा गरेकाे छ ।
आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल काे सहयोग र मेल्लेख गाउँपालिका काे समन्वयमा   वडा न.७ काे बालमैत्री स्थानीय शासन समितिको सक्रियतामा २०८१ काे सुरुवातमै बालमैत्री स्थानीय शासन वडा घाेषण गर्न तयारीका लागि  अनुगमन तथा समिक्षा गरिएको हाे ।
आस्था नेपाल वल्र्ड भिजन र मेल्लेख गाउँपालिकाकाे सयुक्त टाेलि द्वारा  हाल सम्म भए गरेका काम र सुचककाे अवस्था विश्लेषण गरि आगामी  गर्नुपर्ने क्रियाकलाप बारे कार्ययोजना सहित तयार गरिएको छ ।
बालमैत्री स्थानीय शासन वडा समिति सयाेंजक दल बहादुर साउदकाे अध्यक्ष्यतामा भएको अनुगमन तथा समिक्षात्मक कार्यक्रमका  प्रमुख अतिथि मेल्लेख गाउँपालिका  उपाध्यक्ष नृप बहादुर खड्का रहेका थिए ।उपाध्यक्ष खड्काले बाल मैत्री स्थानीय शासन वडा घाेषणा काेलागि आस्था नेपाल वल्र्ड भिजनले गरेकाे प्राबिधिक ,तथा सहजिकरण लागि धन्यवाद दिदै वडालाई बाल मैत्री स्थानीय शासन घाेषणा गर्न पालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथि वडा न.७ का वडा अध्यक्ष प्रेम बहादुर महरले वडालाई बालमैत्री  वडा घाेषणाका लागि ५१ वटा सुचक मध्ये बाकी रहेका सुचकमा तत्काल पूरा गर्न आवश्यक कार्यकाे थालनी गरि २०८१ काे सुरुवातमै घाेषणा  गरिने बताएका छन । अनुगमन कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सयाेंजक असाेक खनाल,वल्र्ड भिजन  केन्द्रीय कार्यालय काठमाडौका श्याम अधिकारी ,वल्र्ड भिजन पश्चिम कार्यलय धनगढीका  मुकेश पन्तले ५१ वटा सुचक माथि समिक्षा गरि हाल सम्म  भए गरेका कामकाे प्रसंसा गर्दै वडालाई बालमैत्री घाेषणा गर्न तत्काल गर्नुपर्ने काम बारे सुझाव दिनुभएको थियाे
साे कार्यक्रममा स्थानीय जनप्रतिनिधि बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी र आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्ला बाल संरक्षण अधिकृत भ्वान सिह सार्की सामाजिक परिचालक तित बहादुर विश्वकर्मा तपेन्द्र बि क कल्पना थापा लगायतको सहभागिता रहेकाे थियो ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।