समाचार

बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशाला मेल्लेखमा सुरु

अछाम मेल्लेख : बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशाला मेल्लेखमा मा सुरु भएको छ ।

आस्था नेपाल,वल्ड्र भिजन इन्टरनेशनल नेपालको सहयोग र मेल्लेख गाउँपालिका आयोजना तथा समन्वयमा बालविवाह अन्त्य गर्ने रणनीतिमाथि सरोकारवालाहरू सँग वृहत् छलफल गर्ने उदेश्यले आज बाट सुरु भएको हो ।

बालबिबाह रहित ,बालमैत्री पालिका हाम्रो चाहना ,शिक्षित सभ्य नैतिकवान मेल्लेख गाउँपालिका हाम्रो कामना भन्ने मूल नारालाई आत्मसात् गर्दै बालविवाह रोक्नका लागि पालिकाकाको सभा हलमा घनीभूत छलफल हुने बताइएको छ ।
आस्था नेपाल अछामका जिल्ला कार्यसमिति सदस्य गंग बहादुर बुढाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी प्रमुख अतिथि रहेका थिए ।

कार्यवाहक अध्यक्ष समेत रहेका प्रमुख अतिथि अधिकारीले बालविवाह राेक्नकाे लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताएका छन ,सवैले आ -आफ्नाे जिम्मेवारी पुरा गरे बालबिबहा विरुद्ध थालिएको अभियान लाई निरन्तरता दिदै ,बालविवाह अन्त्यका लागि सबै सरोकार पक्ष एक जुट भएर लाग्नु पर्ने कार्यवाहक अध्यक्ष अधिकारीले सुझाव दिए ।कार्यक्रममा सहभागि वडा अध्यक्ष हरुले बालविवाह अन्त्य गर्न यश अघि बनाएको रणनीतिक याेजना दिगाेपन र कार्यनयन नभएको भन्दै आगामी रणनीतिक याेजना कार्यनयन र दाेगाेपन हुने गरि निर्माण गरेर  पुर्ण रुप दिइने बताएका छन् ।

कार्यक्रममा पालिका नि. प्रमुख प्रशासकीय अधिकृत खडक धामीले बालबिबाह अन्त्यका लागि चालिएको अभियानलाई स्थानीय तह बाट प्रभावकारीरुपमा कार्यनयन गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन ।

मेल्लेख गाउँपालिका वडा न ३ ठाटी बालमैत्री वडा घाेषणा भैसकेको वडा हाे ।भने वडा न ७ बालमैत्री वडा घाेषणा काे तयारीकाे अभियानमा छ । यसै सन्दर्भमा बालमैत्री स्थानीय शासनका सुचक बारे पनि व्यापक छलफल भैरहेकाे छ । ।

बालविवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल तथा,बालमैत्री स्थानीय शासनका विषयमा फ्युचर नेपालका सहजकर्ता राम प्रसाद दाहाल र सुशील राज गिरीले सहजीकरण गरिरहेका छन् ।
सन् २०३० सम्म देशलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिइएको छ ।

बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी कार्यक्रम साउन ८ गते सम्पन्न हुने आस्था नेपालका फिल्ड अधिकृत भ्वानसिह सार्किले जानकारी दिए ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।