अछाम मेल्लेख गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुर कार्यालय प्रमुख राम बहादुर कुरुवाङ काे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनुभएका थिए । साउदले अन्तक्रिर्यामा बाेल्दै मेल्लेख मा दिगो बिकास समृद्ध मेल्लेखकाे लक्ष्य पुरागर्न सबैकाे सात र सहयोग रहनुपर्ने बताएका छन ।
मेल्लेख गाउँपालिका बाट प्रवाह गरिने सेवा सुबिधा छिटो छरितो ,प्रभावकारी रुपमा अघिबढिरहेको भन्दै आगामी दिनमा पनि गाउँपालिका बाट प्रदान गरिने सेवा सुबिधा ,बाट जनता लाई अफ्ट्यारो नपर्ने गरि कार्ययोजना सहित अघि बढ्ने बताउनु भएका छन । कार्यक्रम का विशिष्ट अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काले मेल्लेखमा आगामी दिनमा गर्ने हरेक क्रियाकलापमा अनुगमनको पाटाे प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता जनाएका छन ।
अन्तरक्रिया कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यलय कञ्चनपुर काे आयाेजनामा भएकाे हाे । कार्यक्रममा आगामी दिनमा गर्ने कामकाज छिटो छरितो प्रार्दशिता ,प्रभावकारीता ,सुशासन कायम गर्न , पछि हुनसक्ने कमि कमजाेरि सुधार गर्न सबैलाई जिम्मेवार ,बनाउने उदेश्यले कार्यक्रमकाे आयाजना गरिएको थियो ।
कार्यक्रमकाे सहजिकरण अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुर का उपसचिव भुमिनन्द खनालले गर्नुभएको थियाे । कार्यक्रममा मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा , स्थानीय जनप्रतिनिधि ,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ,प्रधानध्यापक ,बिषयगत शाखा,उपभोक्त समिति का पदाधिकारी लगायतको सहभागीता रहेकाे थियोे कार्यक्रम काे संचालन , अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कार्यलय का सुन्दर धामीले गर्नु भएको थियाे ।
