कोरोना समाचार स्थानीय

मंगलसेन र साँफेबगर नगरपालीकामा १ हप्ता निषेधाज्ञा।

  • २०७७ भदौ ९ मंगलबार

अछामको मंगलसेन नगरपालीका र साँफेबगर नगरपालीका आजबाट शिल गरिएको छ । नगर भित्रका वडामा दिनदिनै कोरोनाभाईरसका संक्रमित बढ्दै गएपछि एक हप्ता दुुई वटै नगरपालीका पुर्ण रुपमा शिल गरीएको हो । मंगलसेन नगरपालीकाले भदौ १६ गते बिहान ७ बजेसम्मका लागि कोभिड् १९ सम्बन्धी सेवा तथा काम, स्वास्थ्य सम्बन्धी सेवा तथा काम र विपद सम्बन्धी सेवा तथा काम मात्र गर्न दिईने नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत ओमकार शाहले बताउनुु भयो ।

लकडाउनलाई कडाईका साथ नियमन तथा सुरक्षाका लागि दुुईटै नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४९ खप्तण्ड गुुल्म साँफेबगरलाई अनुुरोध समेत गरेका छन ।

यस्तै साँफेबगर नगरपालीका क्षेत्रका सरकारी तथा गैर सरकारी कार्यालय, बैक तथा बित्तिय संस्था लगाएत सबै कार्यालय बन्द हुने नगरप्रमुख कुल बहादुर कुवरले बताउनुु भयो ।

सार्वजनिक तथा निजि सवारी साधनहरु पुर्ण रोक लगाउन, निर्माणका कार्य सबै बन्द गर्ने, मानिसहरुको आवात जावत तथा हिडडुुलमा पुर्ण रोक लगाईने बताईएको छ ।

यस अवधिमा अस्पताल, स्वास्थ्य चौकी, विद्युुत कार्यालय, नेपाल टेलिकम, औषधि पसल, पेट्रोल पम्पहरु खोल्ने र बाढि, पहिरो रोकथाम र प्राकृतिक प्रकोप न्युुनिकरण सम्बन्धीका काम गर्न पाईने प्रेस बिज्ञप्ती मार्फत नगरपालिकाले जानकारी गराएको हो

स्राेतः– Society Sanchar

सेयर गर्नुहोस् :

Leave a Reply