समाचार

मष्टामाण्डाैका अगुवा कृषकलाई कृषि सामाग्री हस्तान्तरण 

साउन ४ साँफेबगर

अछाम साफेबगर नगरपालिका वडा न. ४ मष्टामाण्डाैका अगुवा कृषक लाई कृषि  सामग्री हस्तान्तरण गरिएको छ ।

वडा न.४ काे वडा कार्यालय र वाक नेपाल द्वारा १०  जना कृर्षक लाइ सिलपाेलि,पलास्टिक,थाेपा सिचाइ र  बिउबिजन सामाग्री सहयाेग गरेकाे हाे ।

साफेबगर नगरपालिका वडा न.४ मा वाक नेपाल र वल्र्ड भिजन काे साझेदारीमा  संचालित एकीकृत  उत्थान शिल जिबिकाे पार्जन तथा पाेषण परियाेजना अन्तर्गत वाक नेपाल बाट प्रति परिवारलाई ९ हजार १ सय र वडा कार्यलय बाट प्रति परिवारलाई ९ हजार ६ सय ५० गरि जम्मा १८ हजार ७ सय ५० बराबरको  कृषि सामग्री सहयोग गरेकाे वडा  अध्यक्ष नबराज बुढाले बताएका छन ।
वडा न .४ का कृषकलाई बेमौसमी तरकारी बाट आत्मनिर्भर,जिविकापार्जन ,अय आर्जनमा सहयोग पुगाेस भन्ने उदेश्यले सहयोग गरेकाे परियाेजना अधिकृत निरन्जना पनेरुले बताए ,हस्तान्तरण कार्यक्रममा स्थानीय जन प्रतिनिधि संस्थाका प्रतिनिधि लागायतकाे सहभागिता रहेकाे हस्तान्तरण कार्यक्रम  संचालन सामाजिक परिचालक बिष्णु बुढथापाले गरेका थिए ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।