समाचार स्थानीय

महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन एक महिने हाेजियारी तालिम

मेल्लेख जेठ २३
अछामको मेल्लेख गाउपालिकामा महिला हरुका लागि संचालन गरिएको एक महिने हाेजियारि तालिमको आज समापन गरिएको छ ।
मेल्लेख गाउँपालिका महिला बालबालिका शाखा काे सहयोग र
खप्तड तालिम तथा राेजगारि मल्टि प्रपाेज प्रालिको प्राबिधिक सहयोगमा तालिमको आयाेजना गरिएको थियाे ।

तालिम खप्तड तालिम तथा राेजगारि मल्टि प्रपाेज प्रा.लि.का सयाेंजक रेनुका देवी रेग्मीकाे अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी रहनु भएको थिए ।

अधिकारीले समापनमा बाेल्दै महिलाहरुले सीप सिकेर आत्मनिर्भर बन्न ,आफुले सिकेको सीप बाट दक्ष भई महिलाको कार्यबाेझ हटाएर खालि समयकाे सदुपयोग गरि आय आर्जन बढाउनु पर्ने बताएका छन ,यस्तै शिकेकाे सिपलाई निरन्तरता दिनुपर्ने भन्दै उत्पादन गरेका वस्तु मेल्लेखकाे ग्राम उद्योग संग जाेडेर लैजानुपर्ने कुरामा जाेड दिनु भएकाे छ ।

१ महिने हाेजियारि तालिममा महिलाहरुले ऊन बाट बन्ने हातले बुन्ने उनका गलबन्दि,टाेपी र अन्य आवश्यक ऊनका कपडा बनाउन र बुन्नु आफू दक्ष भएपछि उद्यमि महिला खुसी भएकी छन ।
तालिम समापनमा मेल्लेख गउपालिका वडा न.२ का वडा अध्यक्ष दिल बहादुर धामी निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार ,कार्यपालिका सदस्य लालसरा कुमारी बिक महिला बालबालिका शाखा प्रमुख साबित्रा खड्का लगायतको सहभागीता रहेको थियोे । तालिममा मेल्लेखका २० जना महिलाको सहभागिता रहेकाे थियो ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।