समाचार

महिला सुरक्षा र हेरचाह सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम मेल्लेखमा सम्पन्न

अछामको मेल्लेख गाउँपालिकामा महिला सुरक्षा र हेरचाह सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न  भएको छ ।

समविकाश नेपाल साँफेबगरकाे सहयोग मेल्लेख गाउँपालिका महिला बालबालिका शाखा र,पालिका स्तरीय महिला समितिकाे समन्वयमा कार्यक्रम गरिएको हाे।
कार्यक्रममा लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण निति कार्यनयन गराउने ,सामाजिक न्याय प्रवर्द्धन गर्ने ,महिलाहरुकाे हक तथा अधिकारकाे सुरक्षा र महिला हरुकाे अन्तरनिहित क्षमता वृद्धि गर्ने उदेश्यले जनचेतनामूलक कार्यक्रमकाे आयाेजना गरिएको थियाे ।

समविकाश नेपाल साँफेबगरका कार्यसमिति सचिव रुपा नेपाली काे अध्यक्ष्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए।
अध्यक्ष साउदले  संघ संस्था लगायत हरेक निकायले काम गर्दा प्रतिफल प्राप्त हुने कार्यक्रम अगाडि बढाउन सुझाव राख्नुभएको छ ।
महिलाहरुका लागि बनाएका कार्यक्रम प्रति उत्तरदायी बन्दै थप सहयोग गर्न मेल्लेख गाउँपालिका बाट हुने सहयोगमा कुनै कमि नरहे बताएका छन ।
उहाले आगामी दिनमा गरेका कामकाजको प्रगति प्रतिबेदन समेत  पलिकामा पेश गर्न  मेल्लेखमा काम गर्ने  संघ संस्था  सम्बन्धित निकायलाई आग्रह समेत  गर्नु भएको छ ।
कार्यक्रमकाे सहजिकरण समविकाश नेपाल साफेवगरका कार्यक्रम संयाेजक  माेनिका कुवरले गरेका थिए ।
कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख सावित्री खडका ,कार्यपालिका सदस्य ललिता बिक , महिला वडा सदस्य देवसरा  खड्का (रावल ) वडा सदस्य  राधिका राेकाय समविकाश नेपाल साफेका  लेखापाल संजिता कुवर  लगायतको सहभागिता रहेकाे कार्यक्रमकाे संचालन  सामाजिक परिचालक डिला कुमारी सुनारले गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।