समाचार

मेल्लखमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था सम्मानित

साउन २२
अछाम जिल्ला मेल्लेख गाउँपालिका स्वस्थ्य कार्यक्रमकाे पालिका स्तरीय आ.ब.२०८०/०८१ काे बार्षिक समिक्षा तथा आ.ब २०८१/०८२ काे याेजना तर्जुमा सम्बन्धि २ दिने  गाेष्ठि सम्पन्न भएको छ ।

गाेष्ठि मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा सुरु भएको  थियो ।

आर्थिक  बर्ष २०८०/०८१ मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहितकाे समिक्षा र याे आर्थिक  बर्ष २०८१/०८२ मा स्वास्थ्य संस्था सुधारका लागि बार्षिक कार्ययोजना  याेजना  सहित तयार गरेकाे छ । गाेष्टिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थाहरुलाई सम्मान पनि गरेकाे छ ।

जस्मा मेल्लेख स्वास्थ्य चाैकी बिन्धेवासिनि प्रथम ,
ऋषिदह स्वास्थ्य चाैकी द्वितीय र आधारभुत स्वास्थ्य केन्द्र  ऋषिदह तृतीय  भएको छन ।

गाेष्ठि मेल्लेख गाउपालिका कार्यबाहक अध्यक्ष तथा सामाजिक विकास संयाेजक प्रकाश बहादुर अधिकारी काे अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।
गाेष्टि समापनमा बाेल्दै कार्यवाहक अध्यक्ष अधिकारीले   मेल्लेख अन्तर्गतका प्रत्येक स्वास्थ्य संस्था का समस्या समाधान गर्न  स्वास्थ्य मापदण्ड अनुसार संचालन का लागि आवश्यक  पर्ने स्राेत साधन र व्यवस्थापनका गर्न   गाउपलिका बाट पुर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन । कार्यवाहक अध्यक्ष अधिकारीले  स्वास्थ्य संस्था संचालनमा  स्वास्थ्यकर्मी काे महत्त्वपूर्ण भुमिका हुनुपर्ने र समन्वय सहकार्य र इच्छाशक्ति सृजनशिलताका साथ जनता लाई स्वास्थ्य सेवा बाट कुनै कमि गर्न नहुने  बताएका  छन
यस्तै गाेष्ठि समापनमा बाेल्दै मेल्लेख गाउँपालिका  निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले मेल्लेख अन्तर्गतका स्वास्थ्य संस्थाबाट प्रवाह गरिने सेवा सुबिधा अझै गुणस्तरीय बनाउन स्वास्थ्यका  समस्य समधान गर्न  मेल्लेख गाउँपालिका याे आर्थिक बर्षकाे बजेटमा स्वास्थ्य क्षेत्र पहिलो प्रथामिकतामा राखेको बताए । स्वास्थ्य संस्थामा कुनै कुराकाे अभाव हुन नदिन स्वास्थ्य संस्थामा आवश्यकता काे आधारमा कार्यक्रम अघि बढाइने बताए ।
यसै गरि वडा न.७ का वडा अध्यक्ष प्रेमबहादुर महरले यश भन्दा  अगाडि भएका कमि कमजोरी सुधार गर्न आ-आफ्नो ठाउँ बाट   सबैले सहयोग  गर्नुपर्ने बताए। गाेष्ठीमा सहजिकरणमा पुग्नु भएका
स्वास्थ्य निर्देशनालय दिपायल डाेटिका तथ्यांक अधिकृत महादेव भट्टले , स्वास्थ्य कार्यक्रमकाे  रिपोर्टिङ रेकर्डिङ प्रभावकारी बनाउन स्वास्थ्यकर्मी नै बढि जिम्मेवार हुनुपर्ने बताए । जिल्ला स्वास्थ्य कार्यलय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुङेनाले सबै नागरिकलाई  स्वस्थ बनाउन स्वास्थ्य प्रति स्वास्थ्य सराेकारवाल  जिम्मेवार हुनुपर्ने बताए ,स्वास्थ्य सेवा सुधार र गुणस्तरीयता बढाउन पुर्बधार बिकास संगै स्वास्थ्य मा पनि थप लगानी बढि हुनुपर्ने बताएका  छन ।

बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि  मा मेल्लेख गा पा का आठ वटै  वडा काे आ.ब २०८०/०८१मा स्वास्थ्य संस्थाले हाल सम्म भयगरेकाे काम र सेवा प्रबाह  समस्य समाधान का लागि कार्ययोजना सहित पेश गरेकाे  प्रगति  प्रतिबेदन  माथि छलफल गरिएको थियोे  ।

स्वास्थ्य बाट दिइने  सेवा प्रबाह र  स्रोत साधन  समन्धि छलफल तथा  समिक्षा ,स्वास्थ्य संस्थामा थप  सुधार र स्वास्थ्य   संस्था बाट प्रबाह हुने स्वास्थ्य सुबिधा  प्रभाकारि बनाउने उदेश्य का साथ समिक्षा गरिएको थियोे   ।

यस्तै मेल्लेख स्वस्थ्य शाखा बाट यस अघि संचालन गरेका कृयाकलाप ,स्थानीय तहका स्वास्थ्य संस्था सुधार गर्न र स्वास्थ्य का सबै सुचक पूरा गर्न कार्ययोजना सहित तयार तयार गरेकाे छ।
गाष्ठीमा स्वास्थ्य निर्देशनालय दिपायल डाेटिका तथ्यांक अधिकृत  डि एन गिरि   महेश बाेहरा जनस्वास्थ्य  अधिकृत प्रकाश भट्ट   जिल्ला स्वस्थ्य कार्यलय अछामका सिनेर अनमि तथा निरक्षक टीका सर्मा   त्रिसुलि प्लस  जिल्ला संयाेजक हरिसचन्द्र रावल , लगायतको सहभागी रहेका गाेष्ठी समापनकाे संचालन मेल्लेख स्वास्थ्य शाखा प्रमख वीर बहादुर ठकुल्लाले गर्नु भएको थियाे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।