समाचार

मेल्लेखकाे ठाँटीमा निःशुल्क आँखा शिविर ,१ सय ७२ जनाले पाए सेवा

अछाम जिल्लाकाे मेल्लेख गाउँपालिका वडा न.३ ठाँटी स्वास्थ्य चाैकीमा १ दिने निशुल्क आँखा  शिविर सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिकाकाे सहयोग र,समन्वय नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल कैलालीकाे शाखा आँखा उपचार केन्द्र   साँफबगरकाकाे आयोजनामा  निःशुल्क आँखा शिविर सम्पन्न भएको हाे।

आँखा शिविरमा ठाँटी वडा न.३ का  १ सय ७२  जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।
जसमध्ये महिला १ सय १४ र पुरुष ५८ जनाकाे  शिविरमा आँखा जाँच गराएकामध्ये ३९ जनाकाे आखा  अप्रेसन गर्नुपर्ने आँखा उपचार केन्द्र शाखा साँफेका इन्चार्ज रबिना मल्लले बताएकी छन ।
मेल्लेख गाउँपालिकाले  शिविरहरू मार्फत पालिकाका नागरिकलाई गाउँ घरमै नि:शुल्क स्वास्थ्य उपचार तथा चेक जाँच र आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनुभएको छ ।
सनिवार ठाटीमा उद्घाटन आँखा शिविर वडा  न. ३ का वडा अध्यक्ष नैले रावलकाे अध्यक्षयतामा भएको थियाे ।शिविर उद्घाटन काे संचालन वडा सचिव तथा स्वास्थ्य इन्चार्ज नरेन्द्र  बहादुर शाहले गर्नु भएको थियोे  ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।