मेल्लेख बाट साफेबगर जाँदै गरेकाे जीप मेल्लेखकाे वडा न.७ देउमाणुमा दुर्घटना भएको छ । सु प प्र ०१-००१ज १३५९ नं.को जिप बेक्र फेल भएर दुर्घटना हुदाँ ८ जना घाइते भएका छन।
घाइते हुनेमा मेल्लेख गाउँपालिका ६ का २१ बर्षिय सानु कुवर बर्ष २६ का उत्तम खड्का १८ बर्षिय समिर रावल वडा नं ५ का १८ बर्षिय सतिष नेपाली र वडा नं ६ का ३५ बर्षिय राजेन्द्र रावत घाइते भएका छन।
यस्तै वडा नं ५ का ५० बर्षिय टेक बहाबदुर रावत २३ बर्षिय योगेन्द्र खड्का र वडा नं ५ का जिप चालक समेत रहेका बर्ष २५ का महेश खड्का घाइते भएका छन। घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सतिश नेपालीको बयालपाटा अस्पतालमा उपचार सम्भव नभए पछि धनगढी रिफर गरिएको अस्पतालले जानकारी दिएको छ।