असाेज २
अछामको मेल्लेख गाउँपालिका मा शिक्षक अध्यापन अनुमतिपत्र मा उतिर्ण भएका शिक्षक हरुका लागि गाउँपालिकाले सृजना गरेकाे अनुदान काेटा मा निरन्तरता दिने भएकाे छ । गाउँपालिका अान्तरिक स्रोत बाट नियुक्ति अनुदान काेटामा रहेका अधिकांश शिक्षक अध्यापन अनुमति पत्र नभएका रहेका थिए । गाउपालिकाले अनुदान काेटा सृजना गरेपछि लामाे समय सम्म शिक्षण गरिरहेका शिक्षक हरु लाई बिद्यालयले,अनुदान काेटा मा रहेर शिक्षण गर्नुपर्ने निर्णय गरेका थिए । सरकारले शिक्षक का लागि अध्यापन अनुमतिपत्र अनिवार्य भने पछि । गाउँपालिकाले अध्यापन अनुमतिपत्र पत्र नभएका शिक्षक हरुका लागि साउन १ गते बाट हटाउने निर्णय गरेकाे थियाे । शिक्षक सेवा अायाेग काे नतिजा अाउदा सम्म अनुदान काेटा व्यवस्थापन मा कुरेकाे गाउँपालिकाले, भरखरै अाएकाे अध्यापन अनुमति पत्र काे नितजा बाट उतिर्ण भएका शिक्षक हरुलाई गाउपालिका काे अनुदान काेटा मा रहेका शिक्षक का लागि साेहि बिद्यालय मा निरन्तरता दिने निर्णय गरेकाे छ। र अन्य शिक्षक काे हकमा भने अावश्यकता काे अाधारमा गाउपालिकाकाे,बिद्यालय अध्यान समिति काे प्रतिबेदन अनुसार थप कार्यबिधि तयार गरि तुरुन्तै अनुदान काेटामा बिज्ञापन गरिने, मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएकाे छ। अध्यापन अनुमति पत्रकाे नतिजा मा सफल भएका र यश खघि कार्यरत सम्बन्धित बिद्यालयका शिक्षक हरुलाई अध्यापन अनुमतिपत्र सहित अाफ्नाे शैक्षिक याेग्यताका प्रमाणपत्रहरु गाउँपालिका मा पेश गर्न पनि बताएको छ ।

